विश्वकै पहिलो अन्तरिक्ष होटल २०२७ मा खुल्ने, जाने हैन त छुट्टी मनाउन?

Technology Khabar २६ फाल्गुन २०७७, बुधबार

विश्वकै पहिलो अन्तरिक्ष होटल २०२७ मा खुल्ने, जाने हैन त छुट्टी मनाउन?

काठमाडौं ।

अन्तरिक्ष पर्यटन अब साइन्स फिक्सनमा मात्र सीमित रहेन।

इन्स्पिरेशन४ तथा डियरमूनजस्ता अन्तरिक्षमा गरिएका निजी भ्रमणभन्दा अझ बगाडि बढेर अब अन्तरिक्षमै यात्रु तथा छुट्टी मनाउन जान चाहनेहरुका लागि होटल खुल्ने भएको छ।

केही वर्षपछि अर्थात् सन् २०२७ मा अन्तरिक्षमा विश्वकै पहिलो होटल खुल्ने भएको हो।

ताजा जानकारीका अनुसार अर्बिटल एसेम्ब्लीको भोयजर स्टेशनमा यस प्रकारको होटलको निर्माण सन २०२६ मा सुरु गरिनेछ भने त्यसको अर्को वर्ष अर्थात् सन् २०२७ मा यात्रुहरुका लागि खुला गरिनेछ।

साइन्स फिक्शनमा आधारित फिल्मा २००१: अ स्पेस अडेसी तथा इन्टरस्टेलर बाट प्रभावित भएर भोयजर स्टेशनले सेन्ट्रिफुगल फोर्स प्रयोग गरेर कृत्रिम गुरुत्वाकर्षण सिर्जना गर्नेछ।

उक्त होटल फेरिस ह्वीलको आकारमा हुनेछ र घुम्दै यसमा रहेका पड अर्थात् कोठाहरुमा गुरुत्वाकर्षण पैदा गर्नेछ।

यसको आकार पृथ्वीका होटलहरुभन्दा अनाैठा भए पनि कोठा र अन्य सुविधा भने उस्तै रहने बताइएको छ। यसमा २८० जना सम्मका लागि विलासी कोठाहरु तथा सुविधाहरु भएका भिल्ला र छुट्टी मनाउने घरहरु पनि उपलब्ध हुनेछन्।

यस बाहेक गोर्मे रेष्टुरेन्ट, बार, जिमखाना तथा मनोरञ्जन केन्द्र रहनेछन्।

यस्ता अन्तरिक्ष होटलहरुका बारेमा सम्भाव्यता अध्ययन र योजनाहरु सन् २०१९ मा सुरु भएका थिए। यसलाइ भन बरुण रोटेटिङ स्पेस स्टेशन नाम दिइएको थियो। त्यसपछि यसको अर्को नामाकरण भएको थियो।

वेर्नर भन बरुण रकेट बनाउने एरोस्पेस इन्जिनीयर थिए जसले जर्मनीमा नाजी शासन अन्तर्गत रहेर काम गरेका थिए र पछि अमेरिका फर्केर नासामा पनि काम गरेका थिए।

पहिले सन् २०२५ मा खोल्ने योजना बनाइए पनि यो मिति केही पछि सरेर २०२७ मा पुर्याइएको हो। अर्बिटल एसेम्ब्लीले यो दुई वर्ष पर धकेलिनुमा कुनै प्राविधक समस्या नभइ कोरोना महामारी भएको स्पष्ट पारेको छ।

अन्तरिक्ष होटल कल्पनाबाट निस्केर यथार्थ हुने त पक्का भइ नै सक्यो तर यसरी अन्तरिक्षमा होटल बनाउने भोएजर स्टेशन एक्लो खेलाडी भने होइन।

एक्जियम स्पेसको एक्सस्टेशन र ओरियन स्पानको औरोरा स्टेशनले पनि अन्तरिक्षमा यस्तै संरचनाहरु निर्माणमा हात हालिसकेका छन्।

यीमध्ये भोएजर स्टेशनले आफ्नो स्थान रिजर्भ गरिसकेको छ। यस होटलमा साढे तीन दिन बिताउन ५० लाख डलर खर्च लाग्नेछ। जाने हैन त घुम्न?

 

easy care

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार