एपेक्स कलेज नजिक विद्युतको पोलमा रहेको इन्टरनेटको तारमा आगलागी

Technology Khabar २९ माघ २०७७, बिहीबार

एपेक्स कलेज नजिक विद्युतको पोलमा रहेको इन्टरनेटको तारमा आगलागी

काठमाडौं ।

एपेक्स कलेज नजिक रहेको विद्युतको पोलमा रहेका इन्टरनेटको तारहरुमा आगलागी भएको छ ।

मध्य बानेश्वरको मुख्य सडकमा रहेको बिजुलीको पोलमा भर्खरै अचानक आगलागी हुँदा स्थानीय र प्रहरीले संयुक्तरुपमा आगो निभाएका थिए ।

आगलागीको कारण थाहा हुन नसकेको एक स्थानिय पसलेले बताए ।

‘अचानक आगो लाग्यो र पोल नै बलेको जस्तो भयो, प्रहरी समेत नजिकै हुँदा छिटै निभाउन सजिलो भयो,’ उनले भने ।

सो आगलागी नियन्त्रण गर्न एपेक्स कलेजको झ्याल फुटाएर आगो नियन्त्रण गर्ने केमिकल छ्यापिएको थियो भने पानीको फोहरा समेत प्रयोग गरिएको थियो ।

सोहि स्थानमा रहेका एक इन्टरनेट सेवा प्रदायक कम्पनीका नियमित मर्मत गर्ने प्राविधिकले कस्को तारमा आगलागी भएको हो भन्ने हेरेपछि मात्र थाहा हुने भन्दै अत्यधिक तारहरुको जालोका कारण यस्तो भएको अनुमान गरे ।

सो स्थानमा खटिएको प्रहरीले कुनै मानविय तथा भौतिक क्षति नभएको जानकारी दिए ।

यसअघि पनि विभिन्न स्थानहरुमा रहेका अव्यवस्थित इन्टरनेट तथा केबुलको तारहरुमा आगलागी हुँदै आएको छ ।

easy care

प्रकाशित: २९ माघ २०७७, बिहीबार