जियोलाई पछाडी पार्दै एयरटेल भारतमा ५जी रेडी नेटवर्कको घोषणा गर्ने पहिलो कम्पनी

Technology Khabar १६ माघ २०७७, शुक्रबार

जियोलाई पछाडी पार्दै एयरटेल भारतमा ५जी रेडी नेटवर्कको घोषणा गर्ने पहिलो कम्पनी

काठमाडौं ।

भारतमा सबैभन्दा ठूलो टेलिकम कम्पनी भारती एयरटेलले ५जी रेडी नेटवर्कको घोषणा गरेको छ। यसअघि जियोले पहिलो परीक्षण गर्ने अनुमान विपरित प्रतिस्पर्धी कम्पनी भारती एयरटेलले भारतमा पहिलो परीक्षण गरेको हो ।

एयरटेलले हैदराबादको व्यावसायिक नेटवर्कमा प्रत्यक्ष ५जी सेवाको प्रदर्शन गरेको हो। कम्पनीले यस प्रत्यक्ष डेमोको भिडियो पनि साझा गरेको छ।

यससँगै एयरटेल देशको पहिलो कम्पनी बन्यो जसले ५जी सेवा ल्यायो। एयरटेलले आफ्नो पार्टनर एरिक्सनसँग मिलेर ५जी नेटवर्क सफल बनाएको हो। कम्पनीले हालको स्पेक्ट्रममा मिडब्यान्डमा ५जी नेटवर्क चलाउन सक्ने क्षमता रहेको दाबी गरेको छ।

कम्पनीले १८०० मेगाहर्ज, २१०० मेगाहर्ज र २३०० मेगाहर्ज फ्रिक्वेन्सीको साथ ८०० मेगाहर्ज र ९०० मेगाहर्जमा उपलब्ध सब गीगाहर्ज ब्यान्डमा ५जी नेटवर्क प्रदान गर्न सक्नेछ।

कम्पनीले १८०० मेगाहर्जमा नन स्ट्याण्ड अलोन(Non Stand Alone) नेटवर्क टेक्नोलोजीमार्फत ५जी परीक्षण गरेको हो ।

एयरटेलले १८०० मेगाहर्ज ब्यान्डमा अवस्थित लिबरलाइज्ड स्पेक्ट्रममा यसको ५ नेटवर्क टेक्नोलोजी मार्फत परीक्षण गरेको हो। यसैबीच कम्पनीले जब पर्याप्त स्पेक्ट्रमका साथै सरकारबाट ‘ग्रीन सिग्नल’ पाएपछि मात्र ५ जी प्रविधि ग्राहकहरुका लागि उपलब्ध हुने बताएको छ ।

यस अवसरमा भारती एयरटेलका एमडी र सीईओ गोपाल विठ्ठलले भने, म आफ्ना इञ्जिनियरहरूका साथ गर्व गर्दछु जसले आज हैदराबादको प्राविधिक शहरमा यो अविश्वसनीय क्षमता प्रदर्शन गर्न खोजेका छन्। हाम्रो प्रत्येक लगानी भविष्यमा प्रमाणित हुन्छ, किनकि हैदराबादमा यो ‘गेम चेन्जिङ्ग टेस्ट’ गरिएको छ।’ एजेन्सी

easy care

प्रकाशित: १६ माघ २०७७, शुक्रबार