अनलाईन गेमको बजार ह्वात्तै बढ्यो, कल अफ ड्यूटीले सबैभन्दा धेरै कमायो

Technology Khabar ११ माघ २०७७, आईतवार

अनलाईन गेमको बजार ह्वात्तै बढ्यो, कल अफ ड्यूटीले सबैभन्दा धेरै कमायो
मोबाइलमा पबजी गेम खेल्दै नेपाली यूजर । फाइल

काठमाडौं ।

कोभिड–१९ को महामारीका कारण डिजिटल गेमको बजारमा उछाल आएको छ । सुपरडाटाका रिर्पोटका अनुसार सन् २०२० मा डिजिटल गेम र अनलाईन गेमिङले १३९.९ विलियन अमेरिकी डलर बराबरको कारोबार गरेको छ।

यो सन् २०१९ को तुलनामा १२ प्रतिशतको वृद्धि हो । प्रत्येक वर्ष मोबाइल गेममा ५ प्रतिशत, गेमिङ कन्सोल गेममा १६ प्रतिशत र पीसी गेममा ४० प्रतिशतको वृद्धि देखिएको छ।

सन् २०२० डिसेम्बर महिनामा मात्रै डिजिटल गेमको मार्केट रेभेन्यू १२ विलियन अमेरिकी डलरभन्दा धेरै पुगेको छ । यो सन् २०१९ डिसेम्बरको तुलनामा १५ प्रतिशत धेरै हो । यो कुनै एक महिनाको अवधिमा भएको सबैभन्दा ठूलो कारोबार हो।

सुपरडाटाका अनुसार उपभोक्ताले सन् २०२० मा मोबाइल गेममा ७३.८ विलियन अमेरिकी डलर, गेमिङ कन्सोल गेममा १९.७ विलियन अमेरिकी डलर, र पीसी गेममा ३३.१ विलियन अमेरिकी डलर खर्च गरेका छन् ।

गेमिङ भिडियो कन्टेन्टमा ९.३ विलियन डलर र एक्सआरमा ६.७ विलियन अमेरिकी डलर खर्च गरेका छन् । फ्रि–टु–प्ले गेमको रेभेन्यू ९८.४ विलियन अमेरिकी डलर छ । यसमा यो वर्ष ९ प्रतिशतको वृद्धि भएको छ ।

अनलाइन गेम मध्ये प्रिमियम गेमतर्फ कल अफ ड्यूटीले सबैभन्दा धेरै कमाएको छ भने फ्रि गेम्स तर्फ अनर अफ किङ्गस र पिसकिपरले करिब समान अर्थात २ अर्ब डलर कमाउँदै सबैभन्दा धेरै आम्दानी गर्ने गेम भएका छन् ।

easy care

प्रकाशित: ११ माघ २०७७, आईतवार