एक लाख २० हजार रुपैयाँ बराबरको रिपेरिङ तालिम निःशुल्क दिलाउँदै थ्रीकम केयर

Technology Khabar ११ माघ २०७७, आईतवार

एक लाख २० हजार रुपैयाँ बराबरको रिपेरिङ तालिम निःशुल्क दिलाउँदै थ्रीकम केयर

काठमाडौं ।

थ्रीकम केयरले १५ जनालाई निःशुल्क मोबाइल, ल्यापटप, म्याकबुक, कम्प्युटर रिपेरिङ सम्बन्धी तालिम दिने भएको छ।

थ्रीकम केयर काठमाडौंको न्यूरोड पिपुल्स प्लाजाको तेस्रो तलामा अवस्थित रहेको छ भने कम्पनीले फागुन १ गतेदेखि तालिम सञ्चालन गर्ने तयारी गरेको छ ।

यो तालिम लिन इच्छुक व्यक्तिले [email protected] मा बायोडाटा मेल गर्नुपर्ने हुन्छन् । थ्रीकमको टिमले इमेलमार्फत प्राप्त बायोडाटाका आधारमा तालिमका लागि योग्य व्यक्ति छनोट गर्ने जानकारी दिएको छ ।

प्रारम्भिक रुपमा छनोट भएका व्यक्तिलाई फोनबाट अन्तरवार्ताका लागि बोलाइनेछ । अन्तरवार्ताबाट १५ जना छनोट हुनेछन् । ती व्यक्तिले थ्रीकमबाट निःशुल्क एक वर्षको तालिम लिन पाउने कम्पनीका प्रोपराइटर बिपिनकुमार जयसवालले बताए ।

तालिम दिनका लागि थ्रीकमले घरेलु विभागको अनुमतिपत्र लिएको छ ।

थ्रीकमले विगत सात वर्षदेखि मोबाइल, ल्यापटप, म्याकबुक, कम्प्युटर रिपेरिङ गर्दै आइरहेको छ भने मोबाइल फोन पनि बिक्री गरिरहेको छ । तालिमको अवधि एक वर्षको हुनेछ । एक वर्षको तालिमको शुल्क १ लाख २० हजार रुपैयाँ तोकिएको छ ।

तर स्वदेशमै आत्मर्निभर हुन चाहने १५ जनाले भने निःशुल्क तालिम लिन सक्ने थ्रिकमका प्रोपराइटर जयसवालले बताए ।

‘श्रमका लागि धेरै युवा विदेशीने गरेका छन् । विदेशीने युवा मध्ये धेरै अदक्ष कामदार हुन्छन् । सिप भएका युवालाई स्वदेशमै राम्रो अवसर छ’, जयवालले भने, ‘नेपाली युवालाई दक्ष बनाउनु हाम्रो प्राथमिकता हो । दक्षजनशक्ति रोजगारीको अभावले भोकै बस्नु पर्दैन ।’

साथै सिप सिकेर विदेश जान चाहने युवालाई भने निःशुल्क तालिममा सहभागी नगराइने जयसवालको योजना छ।

नेपालमा प्रविधि सम्बन्धी बजार बढ्दो छ । बजारको माग अनुसार दक्ष जनशक्ति कम छन् । स्वदेशमै दक्षजनशक्ति उत्पादन गर्न सकिए नेपालको पैसा बाहिरिनबाट पनि रोक्न सकिने उनको दाबी छ । थ्रीकमले गरिब तथा स्वदेशमै श्रम गर्न चाहाने युवालाई ध्यान राखेर निःशुल्क तालिमको व्यवस्था गरेको उनी बताउँछन् । कमजोर आर्थिक अवस्थाले गर्दा धेरै युवा प्राविधिक तालिम पाउनबाट बञ्चित छन् ।

उनी पनि प्राविधक सिप सिक्न भन्दै सलार्हीबाट काठमाडौं आएका थिए । त्यसका लागि उनले ६ महिनाको तालिम लिएका थिए । तर उक्त तालिमले उनलाई सन्तुष्ट दिन सकेन । आफूलाई थप निखारर्न लागि परे । त्यसका लागि भारतको दिल्ली स्थित बेस्टटेक र जनकपुरीवेस्ट पुगे । भातरमा उनले एक वर्ष तालिम तथा अध्ययन गरे । हाल उनीसँग ल्यापटप रिपेयर चिप लेभलको सर्टिफिकेट छ ।

आफूले सिकेको सिप नेपाली युवालाई पनि हस्तान्तरण गर्ने अभियानमा उनी छन् । सिप अभावका कारण लाखौं युवा विदेशीन बाध्य छन् । बजारमा रिपेरिङ सम्बन्धी एक महिने, तीन महिने तालिमका प्याकेज पनि छन् ।

प्रविधिको क्षेत्र परिवर्तनशिल छ । छोटो अवधिको तालिमले नयाँ अपडेटलाई आत्मसाथ गर्न सक्दैन । प्रविधिमैत्री र परिवर्तनशिल बजारमा अवस्थ हुन कम्तिमा पनि एक वर्षको तालिम आवश्यक पर्छ । साथै तालिममा सिकेको ज्ञानलाई व्यवहारमा पनि उतार्नुपर्छ । प्रयोगात्मक ज्ञानका लागि थ्रीकमबाट तालिम लिएकाहरुका लागि संस्थामै रोजगारीको व्यस्था मिलाइएको छ ।

यस्तो व्यवस्थाले तालिम लिनेको रोजगारीको ग्यारेन्टी पनि हुन्छ । थ्रिकमबाट तालिम लिनेले केहि समय संस्थामै काम गरेर आफूलाई बजार योग्य बन्ने अवसर प्राप्त गर्छ ।

अहिलेको संसार प्रविधिमैत्री भएकाले उनी यसतर्फ आकर्षित भएका थिए । एक दशक अघिसम्म प्रविधिको क्षेत्रमा काम गर्ने संस्था औंलामा मात्र गन्न सकिन्थ्यो । प्राविधिक शिक्षा हासिल गर्न धेरै दुःख भोग्नु परेको उनको अनुभव छ । आफ्नो जस्तो कष्ट अन्य साथीले व्यहोर्नु नपरोस भनेर प्राविधिक तालिम दिन सुरु गरिएको उनले बताए ।

easy care

प्रकाशित: ११ माघ २०७७, आईतवार

ताजा समाचार