राष्ट्रिय वाणिज्य बैंक मार्फत तिर्ने कर तथा राजस्व मोबाईल बैकिङबाट भुक्तानी गर्न सकिने

Technology Khabar ६ माघ २०७७, मंगलवार

राष्ट्रिय वाणिज्य बैंक मार्फत तिर्ने कर तथा राजस्व मोबाईल बैकिङबाट भुक्तानी गर्न सकिने

काठमाडौं ।

करदाताहरूले राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।

मोबाईल बैंकिङ मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र फोनपे पेमेन्ट सर्विसबीच सम्झौता समेत भएको छ ।

सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्नेछन् । यस्तै वाणिज्य बैंक मार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिनेछ । मोबाईल बैकिङबाटै कर तिर्न सकिने भएसँगै करदाताहरूलाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको बैंकले जनाएको छ ।

मोबाईल बैंकिङ प्रयोगकर्ताले मोबाईल बैंकिङ लगअन नै नगरी बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरि करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सक्ने बैंकले बताएको छ।

easy care

प्रकाशित: ६ माघ २०७७, मंगलवार