आजदेखि अन्य बैंकको एटीएमबाट दुई पटकभन्दा बढि कारोबार गर्दा शुल्क लाग्ने

Technology Khabar १ माघ २०७७, बिहीबार

आजदेखि अन्य बैंकको एटीएमबाट दुई पटकभन्दा बढि कारोबार गर्दा शुल्क लाग्ने
फाइल तस्बिर

काठमाडौं ।

आजदेखि अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट दुई पटकभन्दा बढि कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।

अब अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट एक महिनामा दुई पटकसम्म निःशुल्क रकम झिक्न पाइने भएको छ । तर दुई पटकपछि भने अन्य अब अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट रकम झिक्दा शुल्क तिर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले पुसमा बैंक तथा वित्तीय संस्थालाई यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

कोभिडको बढ्दो प्रकोपको समयमा अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट निःशुल्क रकम झिक्न पाउने व्यवस्था गरेका थिए तर बिचमा भने यो व्यवस्था हटाइएको थियो ।

तर पुनः अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट निःशुल्क रकम झिक्न पाउने व्यवस्था लागु गरिएको थियो ।

अब भने माघ १ गतेदेखि भने अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट दुई पटकसम्म निशुल्क रकम झिक्न पाइने छ । त्यसपछि भने शुल्क लाग्ने छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार दुई पटकभन्दा बढि कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म असुल्न सक्नेछन् ।

easy care

प्रकाशित: १ माघ २०७७, बिहीबार

ताजा समाचार