डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट निलम्बन पछि कम्पनीको शेयरमा ठूलो गिरावट

Technology Khabar २९ पुष २०७७, बुधबार

डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट निलम्बन पछि कम्पनीको शेयरमा ठूलो गिरावट

काठमाडौं ।

डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट निलम्बन पछि सोशल मिडिया कम्पनीहरुको शेयरमा ठूलो गिरावट आएको छ। सोशल मीडियाबाट ट्रम्पको बिदाइले यी कम्पनीहरूमा गहिरो प्रभाव पारेको छ।

अमेरिकामा भर्खरै भएको हिंसा पछि ट्विटरले ट्रम्पको व्यक्तिगत खातालाई सँधैका लागि ब्लक गरेको छ। यस निर्णय पछि गत सोमबार, ट्विटरको स्टक मूल्यमा वाल स्ट्रिटमा झन्डै १२ प्रतिशतले गिरावट आएको थियो, जसपछि कम्पनीको मार्केट क्यापले ४ अर्ब डलर गुमाएको छ।

यसकासाथै फेसबुकको सेयरमा करिब ४ प्रतिशतको गिरावट आएको छ। यस बाहेक गुगलको स्वामित्वमा रहेको कम्पनी अल्फाबेट इंकको स्टक पनि करिब २।३१ प्रतिशतले शेयर गुमाएको छ।

ट्रम्पका समर्थकहरू भन्छन कि यी सोशल मिडिया नेटवर्कहरूले ट्रम्पलाई अन्याय गरेको छ र स्वतन्त्र अभिव्यक्तिको अधिकारको उल्लंघन गरेको छ। उनीहरूको ट्विटर, फेसबुक र इन्स्टाग्राम प्रति असन्तुष्टि धेरै छ। यस्तो अवस्थामा, यी कम्पनीहरूले आफ्ना प्रयोगकर्ताहरू गुमाउन सक्दछन्। क्यापिटल हिल हिंसा पछि, ट्रम्पको एकाउन्ट भविष्यमा हिंसा हुनसक्ने आशंकाको कारण निलम्बित गरिएको छ। एजेन्सी

easy care

प्रकाशित: २९ पुष २०७७, बुधबार