मनकामना केबल कारकाे टिकट ‘खल्ती’ बाटै किन्न सकिने 

Technology Khabar २२ मंसिर २०७७, सोमबार

मनकामना केबल कारकाे टिकट ‘खल्ती’ बाटै किन्न सकिने 

काठमाडौं ।

मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारकाे टिकट ‘खल्ती’ डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झाैता गरेकाे छ।

खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा माेबाइल एपमा रहेकाे मनकामना केवलकारकाे मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् ।

यसरी शुल्क भुक्तानी गरेपछि ग्राहकलाइ माेबाइलमै इ-टिकट प्राप्त हुने छ ।

त्यही टिकट देखाएर ग्राहकले केबुलकारमा यात्रा गर्न सक्नेछन् । खल्तीबाट टिकट शुल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरू लामाे लाइन बस्नु पर्ने झन्झटबाट मुक्त हुने छन् ।

मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ। केबुलकार सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २२ मंसिर २०७७, सोमबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार