मेगा मोटर्सको ‘मेगा भर्चुअल अटो शो’ भदौ २९ गतेबाट, विभिन्न अफर र छुट पाईने

Technology Khabar २९ भाद्र २०७७, सोमबार

मेगा मोटर्सको ‘मेगा भर्चुअल अटो शो’ भदौ २९ गतेबाट, विभिन्न अफर र छुट पाईने

काठमाडौं ।

सवारी साधन पारखी तथा विक्रेताको लागि कुम्भ मेला मानिने नाडा अटो शो यसपालि नहुने भएको छ।

कोभिड-१९ ले गर्दा यसपाली भने नाडा अटोको क्रम भङ्ग भएको छ। यसैबिच निशान तथा ड्याट्सन्को महाराजगञ्ज स्थित आधिकारिक डिलर मेगा मोटर्सले  मंगलबारदेखि विभिन्न अफर सहित भर्चुअल अटो शो गर्ने भएको छ।

यसपाली नाडा अटो शो नभएको र दैनिक रुपमा कोरोनाको संक्रमण बढेको कारण भर्चुअल अटो शो गर्न लागिएको कम्पनीले बताएको छ।

यो अटो शो मा ९८५११८९२७२ र ९८५११८९२७६ नम्बरको ह्वाट्स एप र भाइबरबाट सहभागी हुन सकिने छ। कम्पनीले ग्राहकलाई भर्चुअल रुपमा गाडी देखाउने र गाडीको बारेमा जानकारी समेत दिनेछन्।

यसरी गाडी खरिद गर्दा ग्राहकले शोरुम डिस्काउन्ट, एसोसोरिज, एक वर्षको इन्सोरेन्स, एउटा आर्थिक वर्षको रोड ट्याक्स र मेगा भर्चुअल अटो शो बोनस बापत ७५ हजार छुट पाउने बताईएको छ।

easy care

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

ताजा समाचार