मोबाइल वालेट र इन्टरनेटबाट गरिने कारोबारको सीमा रकम बढ्यो

Technology Khabar १४ भाद्र २०७७, आईतवार

मोबाइल वालेट र इन्टरनेटबाट गरिने कारोबारको सीमा रकम बढ्यो

काठमाडौं ।

मोबाइल वालेट र इन्टरनेटबाट गरिने कारोबारको सीमा रकम वृद्धि गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो एकिकृत निर्देशिकाअनुसार क्यूआर कोड स्क्यानसहिको मोबाइल बैंकिङमा दैनिक कारोबार सीमा १ लाख रुपैयाँ पुर्याएको छ। यस्तो कारोबार सीमा यसअघि ५० हजार रुपैयाँ मात्र थियो।

त्यस्तै नयाँ एकिकृत निर्देशिकाअनुसार मासिक कारोबारको सीमा पनि बढेको छ। यसअघि २ लाख रुपैयाँ कारोबार सीमा रहेकोमा अब त्यो बढेर १० लाख रुपैयाँ पुर्याईएको छ।

त्यस्तै मोबाइल वालेटबाट गरिने कारोबार सीमामा पनि वृद्धि गरिएको छ। अब वालेटबाट अन्य खातामा र वालेटबाट वालेटमा रकम पठाउने दैनिक सीमा २५ हजार रुपैयाँबाट बढेर १ लाख रुपैयाँ पुगेको छ भने मासिक सीमा ५० हजारबाट ५ लाख रुपैयाँ कायम गरिएको छ।

तर कुनै पनि वालेटमा २५ हजार बढी रुपैयाँ एक दिन बढी राख्न नपाइने नियम कायमै रहेको छ ।

easy care

प्रकाशित: १४ भाद्र २०७७, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार