डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिनसम्म पाईने

Technology Khabar ९ भाद्र २०७७, मंगलवार

डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिनसम्म पाईने

काठमाडौं ।

डिस मिडिया नेटवर्क लिमिटेडले अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पुर्याएको छ ।

यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने कम्पनीले जानकारी दिएको छ ।

यो प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन ।

डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट कस्टमर आईडी (CREDIT CustomerID) टाईप गरि उक्त मेसेजलाई ३२५०० मा पठाउनुहोस् । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी तपाइँलाई मोबाइलमा प्राप्त हुनेछ साथै मिस्ड कलबाट क्रेडिट सेवा लिन ९८०१११२२३३ मा मिस्ड कल दिएर पनि थप १० दिनका लागि टिभी सिग्नल खुलाउन सक्नुहुनेछ।

यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकहरुलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु हो । यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस(सुविधा) अवधिको रुपमा उपलब्ध गराइनेछ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्याहुन सक्छ, उनीहरु वास्तविक रुपमा लाभान्वीत हुने कम्पनीले बताएको छ।

यो सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

ताजा समाचार