यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न एन-क्लाउड र एनएमबि बैंक सम्झौता

Technology Khabar १७ श्रावण २०७७, शनिबार

यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न एन-क्लाउड र एनएमबि बैंक सम्झौता
Classic Tech

एनएमबि बैंकले यातायात क्षेत्रमा डिजिटल भुक्तानी च्यानल प्रवर्द्धन गर्न एन-क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु गर्नेछ ।

यस परियोजनाको शुरुवात किपु बस सेवा प्रालिसँग हुनेछ जहाँ यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल के.सी. र एन-क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कोभिड-१९ को प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता सामाजिक दूरी कायम गर्न मद्दत पुर्याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएकोे पहिलो प्रयास हो ।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।

बैंकले चाँडै नै अन्य बस समितिसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरहरूसँग पनि सहकार्य शुरू गर्ने उद्देश्य लिएको छ ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई विद्युतीय वित्तीय सेवाहरु छनौट गर्न सहयोग पुर्याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १७ श्रावण २०७७, शनिबार

Comments are closed.

Loading...