बेलायतले फाइभ जी नेटवर्क विकास गर्न जापानसँग सहयोग माग

Technology Khabar ४ श्रावण २०७७, आईतवार

बेलायतले फाइभ जी नेटवर्क विकास गर्न जापानसँग सहयोग माग
सांकेतिक तस्बिर

काठमाडौं ।

बेलायत सरकारले जापानसँग ५जी नेटवर्क र प्रविधिमा सहयोग गर्न जापानसँगअनुरोध गरेको छ । बेलायतले ह्वावे टेक्नोलोजीज बिना नै जापानलाई ५जी नेटवर्क विकासमा सहयोग गर्न अनुरोध गरेको हो ।

गत साता मात्रै चिनियाँ टेक जायन्ट ह्वावेमाथि बेलायतले फाइभजीमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । डिसेम्बर ३१ देखि ह्वावेमाथि प्रतिबन्ध लागू हुनेछ भने बेलायतका नेटवर्कबाट ह्वावेका उपकरणहरु सन् २०१७ भित्र हटाउने निर्णय लिईएको छ ।

बेलायतले हाल जापानका एनईसी कर्प र फुजित्सु लिमिटेडलाई सम्भावित आपूर्तिकर्ता कम्पनीको रुपमा हेरेको रिपोर्टहरुमा उल्लेख छ।

यसको लागि बेलायती अधिकारीहरुले जापानका अधिकारीहरुसँग भेट गरेको बताईएको छ ।

फाइभजी प्रविधिमा सबैभन्दा अगाडी रहेको र सस्तोमा प्रविधि उपलब्ध गराउन सक्ने मानिएको ह्वावेमाथि प्रतिबन्ध लगाएपछि बेलायतमा ५जी नेटवर्क पछाडी धकेलिने चिन्ता भएको छ । यहि बेलामा बेलायतले जापानसँग सहयोग मागेको हो । एजेन्सीका साथ

easy care

प्रकाशित: ४ श्रावण २०७७, आईतवार

ताजा समाचार