एकीकृत डाटा केन्द्रसहित सरकारी निकायका डाटा सेन्टर नै असुरक्षित, भेटिए अनेकौं कमजोरी

Technology Khabar १ श्रावण २०७७, बिहीबार

एकीकृत डाटा केन्द्रसहित सरकारी निकायका डाटा सेन्टर नै असुरक्षित, भेटिए अनेकौं कमजोरी

काठमाडौं ।

सरकारले आफ्ना सम्पूर्ण डाटाहरु राख्न प्रयोग गर्दै आएको सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी)सहित अन्य सरकारी कार्यालयहरुको डाटा केन्द्र नै असुरक्षित रहेको भेटिएको छ।

सरकारले देशभरका सरकारी कार्यालयहरुले प्रयोग गर्ने गरि सिंहदरबारभित्र जीआईडीसी संचालनमा ल्याएपनि सो केन्द्रमा राखिने डाटा सुरक्षितरुपमा नराखिएको पाईएको हो ।

महालेखापरीक्षकको ५७ औं प्रतिवेदनले जीआईडीसीसहित आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयको डाटा सेन्टरको स्थलगत निरीक्षण गर्दा डाटा सेन्टरमा नै कमजोरी भेटिएको उल्लेख गरेको छ ।

ती कार्यालयहरुका डाटा सेन्टर वातानुकूलित नभएको, छतको उचाइ पर्याप्त नभएकोले ताप फैलावन नभएको, रातको समयमा डाटा सेन्टरको सुरक्षामा कमजोरी देखिएको,, केबलहरु ट्याग नगरिएको, सर्भर राखिएको सतह माथि नउठाएको पाईएको प्रतिवेदनमा लेखिएको छ ।

त्यसैगरि जीआईडीसीको डाटा सेन्टरमा पनि तापक्रम अधिक भएको, प्लाष्टिक, अन्य प्रज्वलनशील वस्तुहरु डाटा सेन्टर कोठामा रहेको, वातावराण् अनुकूलन सुबिधा स्वचालित नभएको, उपकरणका तारहरु अव्यवस्थित रहेको र लेबल नगरिएको तथा कोठाको भित्ता ओसिलो समेत रहेको पाईएको महालेखाले भनेको छ ।

त्यसैगरि प्रतिवेदनले हार्डवेयरहरु पुन जडान गर्दा वा लिलामी गर्दा डाटा सुरक्षित रुपमा मेटाइएको कुरा सुनिश्चित गर्न कुनै प्रकृया निर्धारण नगरिएको, डाटा सेन्टरको परीक्षण नियमित रुपमा नगरिएको सार्वजनिक गरेको छ ।

easy care

प्रकाशित: १ श्रावण २०७७, बिहीबार

ताजा समाचार