टेक कम्पनी अमेजनले सेल्फ ड्राइभिङ्ग स्टार्टअप जूक्स १ अर्ब डलरमा किन्दै

Technology Khabar १४ असार २०७७, आईतवार

टेक कम्पनी अमेजनले सेल्फ ड्राइभिङ्ग स्टार्टअप जूक्स १ अर्ब डलरमा किन्दै

काठमाडौं ।

ई-कमर्श कम्पनी अमेजनले सेल्फ ड्राइभिङ्ग स्टार्टअप जूक्सको अधिग्रहण गर्ने भएको छ। अमेजनले सो स्टार्टअपलाई १ अर्ब डलरमा किन्ने सम्झौता गरिएको छ। सो सम्झौता आधिकारिक रूपमा जून २६ मा घोषणा हुन सक्ने बताईएको छ ।

अमेजनले लामो समयदेखि आफ्नो डेलिभरी सेवाहरूलाई तिब्रता दिन र सस्तो बनाउनको लागि कार्य गरिरहेको छ। यस सम्झौताको माध्यमबाट कम्पनीले आफ्नो योजनालाई साकार गर्न महत्वपूर्ण मद्दत लिन सक्नेछ।

यद्यपि समाचार रिपोर्टहरुका अनुसार अमेजनले जूक्स (Zoox) प्लेटफर्मको प्रयोग गरेर आफ्नै ड्राइभग डेलिभरी भेहिकलको फ्लीट बनाउन प्रयोग गर्छ वा गर्दैन भन्ने स्पष्ट छैन् ।

जूक्सको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा छ। कम्पनीले जिरो एमिशन भेहिकलका लागि भर्खरको अटोमोटिभ, रोबोटिक्स र नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग गर्दछ।

प्रतिवेदनले भन्छ कि यस अधिग्रहणको कारण कम्पनीले नयाँ फण्डिङ्ग जुटाउन कठिनाइहरूको सामना गर्न सक्छ।

रिपोर्टका अनुसार यस सम्झौता पछि जुक्सका लगानीकर्ताले ब्याजसहित उनीहरूको पैसा फिर्ता माग गर्न सक्दछन्। जूक्समा मुख्य रूपमा लक्स क्यापिटल, डिएफजे र एटलासियनद्वारा लगानी गरिएको छ। एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: १४ असार २०७७, आईतवार