तपाईंको स्मार्टफोनमा यी उपायहरु अपनाए ब्याट्री लाईफ बढाउन सकिन्छ

Technology Khabar २२ जेष्ठ २०७७, बिहीबार

तपाईंको स्मार्टफोनमा यी उपायहरु अपनाए ब्याट्री लाईफ बढाउन सकिन्छ

काठमाडौं ।

आजकल स्मार्टफोनमा अधिक क्षमताका ब्याट्रीहरू आईरहेकाछन्, तर अझै पनि मानिसहरू कमजोर ब्याकअपको बारेमा चिन्तित हुने गर्दछन्।

ब्याट्री ब्याकअप कम हुनुका पछाडि धेरै कारणहरू हुन सक्छन्, यहाँ हामी तपाईंलाई केहि कारणहरू बताउँदैछौं जसले तपाईंको स्मार्टफोनको ब्याट्री लाईफ बढाउन सक्छ।

डिस्प्ले ब्राइटनेस कम गर्ने

स्मार्टफोनमा न्यून ब्याट्री ब्याकअपको सबैभन्दा ठूलो कारण यो हो कि मानिसहरू आफ्नो फोनको डिस्प्लेलाई पुरै चमक पूर्ण राख्दछन् अर्थात यसको ब्राइटनेसलाई फुल अन गर्दछन्, जसको कारणले अधिक ब्याट्री खपत सुरु हुन्छ।

त्यसैले तपाईंको आवश्यकता अनुसारमात्र ब्राइटनेट सेट गर्नुहोस्, वा तपाईं फोनमा अटो ब्राइटनेस मोड पनि प्रयोग गर्न सक्नुहुनेछ। लाइटको आधारमा यसले ब्राइटनेसको निर्धारण गर्दछ, ब्याट्री खपत कम हुनेछ र तपाईंको फोन लामो समय सम्म चार्ज नगरी चल्नेछ।

स्क्रिन टाईम घटाउने

तपाईं आफ्नो स्मार्टफोनको स्क्रिन टाईम घटाएर पनि ब्याट्री ब्याकअपमा सुधार गर्न सक्नुहुनेछ। यसको लागि, तपाइँ १५ सेकेन्डको स्क्रिन टाइमआउट लागू गर्न सक्नुहुनेछ। स्क्रिन टाईम भनेको फोन प्रयोग नभएको बेलामा कति समयमा आफै‌ं स्क्रीन बन्द हुने भन्ने हो ।

मोबाईल फोन पटक पटक चार्ज गर्नबाट जोगिनुस्

तपाईको मोबाईल फोन पटक/पटक चार्ज गर्नबाट जोगिनुहोस् । अक्सर मानिसहरूले ४०/५० प्रतिशत ब्याट्री भए पनि फोन चार्ज गर्न सुरू गर्दछन्, जुन वास्तवमा सही होईन् । जतिबेला तपाईँको स्मार्टफोनमा ब्याट्री २० प्रतिशतसम्म हुन्छ त्यसपछि मात्र फोन चार्ज गर्नुहोस् र यो पनि याद राख्नुहोस् कि फोनलाई कहिले पनि १०० प्रतिशतसम्म चार्ज गर्दै नगर्नुस् । करिब ९०प्रतिशत सम्म चार्ज गर्नुहोस्, त्यसो गरेर ब्याट्रीको आयु बढ्छ।

ब्लूटुथ, वाईफाई बन्द गर्नुस्

हामी आफ्नो फोनहरूमा हामी दैनिक ब्लूटुथ, वाईफाई र जीपीएस प्रयोग गर्दछौं। तर प्राय: प्रयोग गरेपछि तिनीहरूलाई बन्द गर्न बिर्सने गर्छौं । जसको कारणले अधिक ब्याट्री खपत हुन्छ । त्यसैले यी फीचरहरु प्रयोग गरेपछि अफ गर्नुहोस् ।

भाइब्रेसन मोड अफ गर्नुस्

जसले आफ्नो मोबाइल फोनलाई सधैं भाइब्रेसन मोडमा राख्छन्, तिनीहरूको फोनको ब्याट्री चाँडै सकिने गर्दछ। यो मात्र होईन, यो भाइब्रेसन ब्याट्रीको साथसाथै स्वास्थ्यको लागि पनि हानीकारक छ।

यदि भाइब्रेसन फोनमा छुँदा वा एउटा बटन थिच्दापनि देखा पर्दछ भने त्यसलाई पनि बन्द गरिनुपर्दछ किनकि यसले ब्याट्रीको स्वास्थ्यलाई पनि बिगार्दछ।

यसका साथै सँधैं फोनको चार्जरले मात्र फोन चार्ज गर्नुहोस्। अर्को फोनको चार्जरले तपाईको फोन र ब्याट्री दुबैलाई बिगार्न सक्छ। यो मात्र होईन, नक्कली चार्जरको प्रयोग खतरनाक पनि हुन सक्छ।

 

easy care

प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार