स्पेसएक्सको पहिलो मानवसहितको रकेट प्रक्षेपण सफल, दुई यात्रीसहित अन्तरिक्ष उडानमा

Technology Khabar १८ जेष्ठ २०७७, आईतवार

स्पेसएक्सको पहिलो मानवसहितको रकेट प्रक्षेपण सफल, दुई यात्रीसहित अन्तरिक्ष उडानमा

काठमाडौं ।

अमेरिकी रकेट कम्पनी स्पेसएक्सको पहिलो मानवसहितको अन्तरिक्ष प्रक्षेपण सफल भएको छ ।

कम्पनीले दुई अन्तरिक्षयात्रीसहित आज बिहान उडान अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि उडान भरेको हो ।

यसअघि गएको बिहिबारको प्रयास खराब मौसमका कारण अन्तरिक्ष रकेट प्रक्षेपण रोकिएको थियो ।

स्पेसएक्सले पहिलो पटक आफ्नो रकेटबाट नासासँग मिलेर अन्तरिक्षमा मानिस पठाउने योजना गरेको हो जसअन्तरगत अमेरिकाको फ्लोरिडाको स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गरिएको थियो ।

यो अन्तरिक्ष उडानमा स्पेसएक्सका दुई अन्तरिक्ष यात्रीहरु डग हर्ले र बब बेनकेन अन्तरिक्षमा गएका छन् । उनीहरु पृथ्वीबाट प्रक्षेपण गरिएको करिब १९ घण्टामा अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुग्ने अनुमान गरिएको छ ।

उनीहरुलाई स्पेसएक्सको ड्रागन स्पेसक्राफ्टमा पठाईएको छ । यो स्पेसक्राफ्ट पूर्ण स्वचालित छ भने अत्यावश्यक समयका लागी म्यानुअल सपोर्ट पनि रहेको छ । यस स्पेसक्राफ्टमा यात्रारत अन्तरिक्ष यात्रीहरुले पूर्ववत योजनाअनुसार आफूले लगाएको स्पेस सुटहरु फुकालेका थिए र उनीहरु स्टेशनमा सामान्य किसिमले नै प्रवेश गर्नेछन् । यसले आगामी दिनमा अन्य मानिसहरुलाई पनि सामान्य लुगामा नै अन्तरिक्ष यात्रा गराउन सकिने संदेश दिएको छ ।

यो प्रक्षेपण अमेरिकी भूमीबाट सन् २००९ पछि अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि पहिलोपटक मानवसहितको उडान हो ।

यो यात्रा सफल भएमा आगामी दिनमा अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पर्यटकको रुपमा मानिसहरुलाई लैजाने स्पेसएक्सको उद्धेश्यअनुसार काम शुरु हुनेछ । एजेन्सीका साथ

easy care

प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार

ताजा समाचार