नेपाल राष्ट्र बैंकमा वर्क फ्रम होम, मेसेजिङ्ग एप्सबाटै कार्यालयको सूचना आदानप्रदान गर्न सकिने

Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार

नेपाल राष्ट्र बैंकमा वर्क फ्रम होम, मेसेजिङ्ग एप्सबाटै कार्यालयको सूचना आदानप्रदान गर्न सकिने
सांकेतिक

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुको लागि वर्क फ्रम होमको अवधारणासहितको निर्देशिका जारी गरेको छ ।

केन्द्रिय बैंकले हालै बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७ लागू गर्दै भर्चुअल मिटिङ्ग आयोजना गर्न सकिने तथा मेसेजिङ्ग एप्सबाटै कामगर्न सकिने गरि नयाँ मापदण्ड ल्याएको हो ।

सो मार्गदर्शनअनुसार अब कुनैपनि विभाग, महाशाखा, ईकाई वा कार्यालयहरुले भर्चुअल मिटिङ गर्नसक्नेछन भने कर्मचारीहरुलाई आवश्यकताअनुसार ‘वर्क फ्रम होम’को रुपमा स्वीकृति प्रदान गर्नसक्नेछन् ।

यसैगरि कर्मचारीहरुले एसएमएस, ग्रुप ईमेल, भाइबर तथा ह्वाट्सएप जस्ता प्रविधिमार्फत कार्यालय संचालनको लागि आवश्यक सूचना तथा जानकारीहरु आदानप्रदान गर्न सकिने उल्लेख छ ।

मंगलबारदेखि लागू भएको सो मार्गदर्शनअनुसार कर्मचारीले घरमा रहेको कम्प्यूटर वा ल्यापटपबाट समेत कार्यालयको इन्ट्रानेटको सूचना प्राप्त गर्नसक्ने व्यवस्था गर्नसकिने प्रावधान राखिएको छ ।

वर्क फ्रम होममा रहेका कर्मचारीहरुले आफ्ना टेलिफोन मोबाइल तयारी अवस्थामा राख्नुपर्ने तथा इमेललाई अद्यावधिक रुपमा राख्नुपर्ने समेत उल्लेख गरिएको छ ।

बैंकले कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्न र न्यूनिकरण गर्नको लागि सो मार्गदर्शन जारी गरेको उल्लेख गरेको छ ।

easy care

प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार