आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमलाई आविश्कारकको रुपमा नमानिने अमेरिकी नयाँ कानूनको ठहर

Technology Khabar १९ बैशाख २०७७, शुक्रबार

आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमलाई आविश्कारकको रुपमा नमानिने अमेरिकी नयाँ कानूनको ठहर

काठमाडौं ।

अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमलाई पेटेन्टको अधिकार दिन अस्विकार गरिएकोछ।

हालै आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमलाई पेटेन्टको अधिकार दिनका लागि दुईवटा पेटेन्टहरु दर्ता गरिएका थिए । तर अमेरिकी कार्यालयले भने आविश्कारकर्ताहरु हुन त्यस्ता प्राकृतिक व्यक्तिहरुलाई मात्र अधिकार दिनसकिने बताएको छ ।

यूएस पेटेन्ट एण्ड ट्रेडमार्क अफिसले एआई सिस्टम डाबुसलाई आविस्कारकर्ताको रुपमा दुईवटा पेटेन्ट दिन अस्विकार गरेसँगै नयाँ नियम जारी गसमेत गरेकोछ ।

यसअघि अमेरिकी पेटेन्ट कानूनले केबल योग्य आविश्कारकर्ता जो व्यक्ति हुने भन्ने पहिचान गरेको थियो ।अमेरिकाले बेलायतको इन्टेलेक्चुअल प्रोपर्टी अफिसकै सिको गरेको बताईएको छ ।

एआई डाबुसले रोबोटहरुले बुझ सजिलो हुने खानेकुरा बोक्ने इन्टरलकिङ्ग फुड कन्टेनरहरुको डिजाइन गरेको थियो । त्यसैगरि अस्विकार गर्न नसकिने किसिमले बल्ने वार्निङ्ग लाइटको डिजाइन समेत गरेको थियो ।

तर पेटेन्ट अफिसले भने आविश्कार केबल मानिसहरुमा जिम्मेबार हुने बताएको छ । एजेन्सी

easy care

प्रकाशित: १९ बैशाख २०७७, शुक्रबार

ताजा समाचार