कोभिड-१९ बाट बच्न घरमा नै बस्न उत्प्रेरित गर्दै एनसेल, नेटवर्कको नाम नै ‘स्टेहोम एट एनसेल’

Technology Khabar १५ चैत्र २०७६, शनिबार

कोभिड-१९ बाट बच्न घरमा नै बस्न उत्प्रेरित गर्दै एनसेल, नेटवर्कको नाम नै ‘स्टेहोम एट एनसेल’

काठमाडौं ।

कोरोनाभाइरसको महामारीबाट बच्न र फैलनबाट रोक्न एनसेलले सामाजिक दूरी कायम गर्ने अभियानलाई प्रबद्र्धन गर्न आफ्नो नेटवर्कको नाम नै परिवर्तन गरेको छ । कम्पनीले आजैदेखि नेटवर्क नाम ‘एनसेल’ लेखेको देखिने स्थानमा ‘ह्यासट्याग स्टेहोम एट एनसेल’ राखेर सो अभियानलाई अगाडि बढाएको हो ।

कम्पनीले आफ्नो नेटवर्कमा रहेका सबै ग्राहकहरुको स्मार्टफोनमा आफ्नो नेटवर्क नाम परिवर्तन गर्दै स्टेहोम राखेको छ ।

सोहि अनुसार सबै ग्राहकहरुले यसअघि एनसेल लेखेको देखिने स्थानमा अब नेटवर्क नाम स्टेहोम ह्यासट्यागसहित देख्न सक्नेछन् ।

नेपालीहरुलाई घरमा नै बस्न अभिप्रेरित गर्ने उद्धेश्यले सो अभियान ल्याईएको कम्पनीले जनाएको छ । कोरोनाभाइरसको महामारी विरुद्ध अगाडि बढ्ने उद्धेश्यले एनसेलले आफ्ना यूजर्सलाई घरमा नै बस्न आग्रह गरेको छ ।

तर केहि स्मार्टफोनहरुमा सो नेटवर्क नाम नदेखिन पनि सक्नेछ । ‘डिभाइस उत्पादकहरुको विशेषता र सेटिंग इस्युले गर्दा सबै फोनहरुले सो टेक्स्ट निरन्तर नदेखिन पनि सक्नेछ,’ एनसेलले भनेको छ ।

एनसेलको सो सामाजिक अभियान बारेमा यसअघि केहि सोशल मिडियामा यूजर्सहरुले समेत जानकारी राखेका थिए ।

easy care

प्रकाशित: १५ चैत्र २०७६, शनिबार