दूरसंचार प्राधिकरणको चेतावनी– अनावश्यकरुपमा इन्टरनेट प्रयोग नगर्नुस् नत्र सेवा नै रोकिन सक्छ

Technology Khabar १० चैत्र २०७६, सोमबार

दूरसंचार प्राधिकरणको चेतावनी– अनावश्यकरुपमा इन्टरनेट प्रयोग नगर्नुस् नत्र सेवा नै रोकिन सक्छ

काठमाडौं ।

नेपाल दूरसंचार प्राधिकरणले अनावश्यकरुपमा इन्टरनेट प्रयोग नगर्न सबैसँग आग्रह गर्दै नेटवर्क ट्राफिक कन्जेन्सन हुन गई सेवा नै रोकिन सक्ने चेतावनी दिएको छ ।

दूरसंचार प्राधिकरणले पछिल्लो दिनमा इन्टरनेटको ब्याण्डविथ वृद्धि भईरहेको भन्दै प्राथमिकताको आधारमा मात्र इन्टरनेट प्रयोग गर्न अनुरोध गरेको हो ।

प्राधिकरणले आज आफ्नो वेबसाइटमार्फत सार्वजनिक सूचना जारी गरेर नै आवश्यक एप्लिकेसन मात्र प्रयोग गर्न अनुरोध गरेको हो ।

प्राधिकरणकाअनुसार विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरसको समस्याले गर्दा इन्टरनेट सेवाको खपत अस्वभाविकरुपमा वृद्धि भईरहेको छ ।
‘यसबाट नेटवर्क ट्राफिक कन्जेन्सन हुन गई सेवा नै अवरुद्ध हुनसक्ने भएको हुँदा प्राथमिकताका आवश्यक एप्लिकेसन मात्र प्रयोग गरी दिनुहोस्,’ दूरसंचार प्राधिकरणको सूचनामा भनिएको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

easy care

प्रकाशित: १० चैत्र २०७६, सोमबार