आफ्नो स्मार्टफोन सफा गर्दा यी १० कुराहरु गर्दै नगरौँ, नत्र बिग्रेला तपाईँको स्मार्टफोन

Technology Khabar ६ चैत्र २०७६, बिहीबार

आफ्नो स्मार्टफोन सफा गर्दा यी १० कुराहरु गर्दै नगरौँ, नत्र बिग्रेला तपाईँको स्मार्टफोन

काठमाडौं ।

सन् २०१७ मा प्रकासित भएको एक अमेरिकी मेडिकल जर्नलमा स्मार्टफोनमा पनि ब्याक्टेरिया र भाइरसहरु हुने कुरा सार्वजनिक गरेको थियो र हाल कोरोनाभाइरसका कारणले विश्व आतंकित भइरहेको बेला यस कुरालाई मनन गर्न थालिएको छ ।

हाल विश्वभर निकै आक्रामकरुपमा फैलिरहेको कोरोनाभाइरस बाट बच्न हाल मानिसहरु आफ्नो हातलाई बारम्बार घोइरहने गरिरहेका छन । त्यस्तै मानिसहरुले आफ्नो स्मार्टफोनबाट पनि हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राख्दै आफ्नो स्मार्टफोन तथा मोबाइल फोन लाई पनि सफा गर्न सुरु गरेका छन ।

तर मोबाइल फोन सफा राख्दा वा राख्नका लागी उपनाईने केहि तरिकाले स्मार्टफोनलाई हानी पुर्याउन वा असर गर्न सक्दछ ।

आज हामी स्मार्टफोन यूजरहरुलाई आफ्नो स्मार्टफोन सफा गर्दा गर्न नहुने कुराहरु वा स्मार्टफोन सफा गर्दाको बेला ध्यान दिनुपर्ने कुराहरु बताउँदै छौं ।

१. आईफोन निर्माता कम्पनी एप्पलले आईफोन सफा गर्नको लागी आफ्ना यूजरहरुलाई स्प्रे क्लिनर्स सोझै प्रयोग नगर्न आग्रह गरेको छ । त्यसैले आईफोन यूजरहरुले आफ्नो स्मार्टफोन सफा गर्दा सावधानी अपनाउन आवश्यक रहेको छ ।

२. आफ्नो स्मार्टफोन सफा गर्दा कुनैपनि प्रकारको ब्लिचको प्रयोग नगरौँ ।

३. स्मार्टफोन सफा गर्नको लागी भेनेगरको प्रयोग नगरौँ ।

४.आफ्नो स्मार्टफोनलाई गहिरो गरि वा राम्ररी सफा गर्ने भन्दै कुनैपनि तरल पदार्थमा नडुबाउननुस् ।

५. स्मार्टफोन सफा गर्नको लागी अल्कोहलको सिधै प्रयोग नगरौँ ।

६. स्मार्टफोन सफा गर्नको लागी ७० प्रतिशत हल्कोहल भएको किटनाशन वाइपको प्रयोग गरौँ ।

७. स्मार्टफोन सफा गर्दा नष्ट गर्न सकिने ह्यान्ड ग्लोभ्सको प्रयोग गर्ने गरौँ ।

८. स्मार्टफोन सफा गर्नको लागी नरम र सफा कपडाको मात्रै प्रयोग गरौँ ।

९. आईपी६८ रेटिंग सँगै आउने र वाटर प्रुफ प्रिमियम स्मार्टफोनहरु साबुन पानी वा ह्यान्ड सेनिटाइजरले पनि सफा गर्न सकिन्छ ।

१०. स्मार्टफोन सफा गरिसकेपछि आफ्नो हात पनि साबुन पानीले धुन नर्बिसौँ ।

easy care

प्रकाशित: ६ चैत्र २०७६, बिहीबार

ताजा समाचार