टिभिएस मोटरको पहिलो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ भारतमा सार्वजनिक

Technology Khabar १३ माघ २०७६, सोमबार

टिभिएस मोटरको पहिलो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ भारतमा सार्वजनिक

काठमाडौं ।

काठमाडौं । टिभिएस मोटरले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ सार्वजनिक गरेको छ । सिङ्गल चार्जमा ७५ किलोमिटर गुड्नसक्ने सो स्कुटर फुल चार्ज हुन ५ घण्टा लाग्ने बताइएको छ। यो स्कुटर ४.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्नसक्ने कम्पनीले बताएको छ।

कम्पनीकाअनुसार यसमा ४.४ किलोवाटको मोटर दिइएको छ भने आइक्यूवमा ४.४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ७८ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्नसक्छ।

यस स्कुटरमा फुल–एलईडी लाइटिङ्ग, फुल(डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, टिभिएसको स्मार्टकनेक्ट टेक्नोलोजी लगायतका मोडर्न फिचरहरु समावेश गरिएको छ । स्मार्टकनेक्ट टेक्नोलोजी मार्फत् चालकले आफ्नो स्मार्टफोनलाई स्कुटरको इन्स्ट्रुमेन्ट क्लष्टरमा कनेक्ट गर्न सक्दछ ।

त्यसैगरी आइक्यूवमा लोकेशन देखाउनमा मद्दत पुर्याउने जियो(फेन्सिङ्ग, नेभिगेसन एसिस्ट, ओभरस्पिड अलर्ट, लास्ट पार्क लोकेशन र इन्कमिङ्ग कल तथा म्यासेज अलर्ट्स देखिने डिस्प्ले लगायतका विशेषता पनि समावेश छन् ।

यसलाई २ राइडिङ मोडहरु इकोनोमिक र पावरमा चलाउन सकिन्छ। टिभिएसले यस स्कुटरको खरिदमा ५ एम्पियरको एउटा चार्जर पनि प्रदान गर्नेछ जसमार्फत् यस स्कुटरलाई चार्ज गर्न सकिन्छ ।

अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक जडित यस स्कुटरमा सस्पेन्सनको काम टेलिस्कपिक फर्क र डुअल शक एब्जर्बर्सले गर्दछन् ।

कम्पनीले यसको मूल्य भारतमा १ लाख १५ हजार निर्धारण गरेको छ।

easy care

प्रकाशित: १३ माघ २०७६, सोमबार

ताजा समाचार