एप्पलका लागि आइफोन उत्पादक फक्सकनले फिएटसँग मिलेर इलेक्ट्रिक भेहिकल बनाउने

Technology Khabar ५ माघ २०७६, आईतवार

एप्पलका लागि आइफोन उत्पादक फक्सकनले फिएटसँग मिलेर इलेक्ट्रिक भेहिकल बनाउने

काठमाडौं ।

काठमाडौं । एप्पलको डिभाइस उत्पादक कम्पनी ताइवानको फक्सकनले फिएट क्राईस्लरसँगको सहकार्यमा इलेक्ट्रिक भेहिकल विकास गर्ने भएको छ ।

हालै अमेरिकी इटालियन अटोमेकर कम्पनी तथा आइफोनको उत्पादक कम्पनी फक्सकनले सो बारेमा जानकारी दिएको हो । कम्पनीले संभावनाको खोजी गरिने र संयुक्त लगानीमा इलेक्ट्रिक भेहिकलको उत्पादन गर्ने बताएको छ । यसका साथै इन्टरनेटमा कारहरुलाई कनेक्सन गर्न सकिने प्लेटफर्म विकास गर्नेछन् ।

यदि कम्पनीहरु अगाडि बढेको खण्डमा योजनाअनुसार चीनको घरेलु बजारका लागि इलेक्ट्रिक भेहिकल चीनमा नै उत्पादन गरिनेछ र भविश्यमा अन्य बजारमा निर्यातको संभावना हेरिनेछ, फक्सकनले भनेको छ।

संयुक्त लगानीमा कम्पनीको ४० प्रतिशत वा त्यसभन्दा कम शेयर हुने बताईएको छ ।

फक्सकन यसअघि नै मेनल्याण्ड चाइनामा चिनियाँ ट्रान्सपोर्ट स्टार्टअपहरुसँग सक्रियरुपमा काम गरिरहेकोछ । जसमा राइड हेलिंग जायन्ट डिडि चुििशङ्ग र इलेक्ट्रिक कार मेकर एक्सपेंग रहेका छन् ।

नयाँ सहकार्यले चीनमा पनि इलेक्ट्रिक भेहिकल निर्माता टेस्ला जस्ता कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । एजेन्सी

easy care

प्रकाशित: ५ माघ २०७६, आईतवार