विद्युतिय बस नेपाली बजारमा आउँदै, एक चार्जमा १ हजार १८ किलोमिटरसम्म गुड्ने

Technology Khabar २ माघ २०७६, बिहीबार

विद्युतिय बस नेपाली बजारमा आउँदै, एक चार्जमा १ हजार १८ किलोमिटरसम्म गुड्ने

काठमाडौं ।

काठमाडौं । सबैभन्दा बढी माइलेज दिने विद्युतबाट सञ्चालन हुने सार्वजनिक/निजी/पर्यटकीय/स्कूल बस को बारेमा जानकारी गराउने उद्देश्यले यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं ।

नेपाल सरकारले वातावरण मैत्री सवारीलाई प्राथमिकता दिने नितीअनुरुप हिमालय मोटरक्र्सले विद्युतबाट सञ्चालन हुने सार्वजनिक/निजी/पर्यटकीय/स्कूल बस अब चाँडै बजारमा ल्याउने भएको छ ।

यो बसले वातावरणलाई समेत सहज गर्ने छ । यी सवारी कम्तिमा १५ सिट देखिका माइक्रोबस र ४२ सिटसम्मका बसहरु हुने छन् साथै कार तथा जिपहरु समेत उत्पादन गर्ने ब्रिक्सन कम्पनीले जनाएको छ । विद्युतीय सवारी नेपालमा नआएका होइनन् तर त्यसको प्रयोग पश्चात फोहोर हुने र यसलाई व्यवस्थापन गर्न नसकिएको वर्तमान परिपे्रक्ष्यमा यस कम्पनीले ब्याट्रीलाई पुनः रिसाइकल गरी प्रयोग गर्न सकिने साथै ब्याट्रीको ग्यारेन्टी २० वर्ष रहेको थापाले जानकारी गराए ।

हिमालय अर्गनाइजेशनअन्तर्गतको हिमालय मोटरक्र्सले बजारमा ल्याउन लागेको विद्युतीय सवारी अष्ट्रेलियन टेक्नोलोजीद्धारा निर्मित छ यो सवारीलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्दछ । साथै यो बसले गिनिज बुक अफ वल्र्ड रेकर्डसमा एक पटक फुल चार्ज गरिसकेपछि एक हजार अठार किलोमिटर सम्म गुडाएर रेकर्ड कायम गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले मुख्य गरी सार्वजनिक/निजी/पर्यटकीय/स्कूल तथा लामो दुरीमा समेत प्रयोग गर्न मिल्ने र वातावरण मैत्री समेत रहेकोले ग्राहकहरुका लागि उपयुक्त हुने विश्वास गरिएको छ ।

easy care

प्रकाशित: २ माघ २०७६, बिहीबार