नेपाल क्लियरिङ्ग हाउसको आठौं वार्षिक साधारण सभा सम्पन्न, ३८ प्रतिशत बोनस शेयर दिने

Technology Khabar २६ कार्तिक २०७६, मंगलवार

नेपाल क्लियरिङ्ग हाउसको आठौं वार्षिक साधारण सभा सम्पन्न, ३८ प्रतिशत बोनस शेयर दिने

काठमाडौं ।

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा कार्तिक २५ गते काठमाडौंमा सम्पन्न गरेको छ ।बैठकले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी रु. २९.८ करोड पुर्याउने निर्णय गरेको छ ।

साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५/७६ मा कम्पनीले खुद नाफा २३ करोड ७७ लाख ३५ हजार ७८६ रुपैयाँ कमाएको छ ।
कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

आ.व. २०७५/७६मा एचसीएचएल–ईसीसीमार्फत कुल १ करोड १७ लाख ५५ हजार ७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबाट ४९ लाख ३१ हजार ९५० तथा कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको थियो ।

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो जुन औसत दैनिक रकम रु.३६.८५ अर्ब रहेको थियो । हाल ८० सदस्य बैंक तथावित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु अप्रत्यक्ष र प्राविधिक सदस्यको रुपमा आवद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक (१० प्रतिशत), बैंक तथा वित्तीय संस्थाहरु (८० प्रतिशत) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. (१० प्रतिशत) द्वारा प्रवद्र्धित कम्पनी हो । यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार