भारतीय आईटी कम्पनी इन्फोसिसले बजारमा एकै दिन ५३ हजार करोड गुमायो

Technology Khabar ७ कार्तिक २०७६, बिहीबार

भारतीय आईटी कम्पनी इन्फोसिसले बजारमा एकै दिन ५३ हजार करोड गुमायो

काठमाडौं ।

काठमाडौं । भारतीय आईटी कम्पनी इन्फोसिसले एकै दिन शेयर बजारमा ५३ हजार करोड भारु गुमाएको छ । आइटी क्षेत्रको दिग्गज कम्पनी इन्फोसिसको शेयर मंगलबार १७ प्रतिशतले घटेको थियो ।

पछिल्लो ६ वर्षमा एकै दिनमा आएको यो सबैभन्दा ठूलो शेयर मूल्यको गिरावट थियो, जसले गर्दा लगानीकर्ताहरुले ५३ हजार करोड भारु एकै दिन गुमाए ।

मंगलबार बजार बन्द हुँदासम्म इन्फोसिसको मार्केट क्यापिटलाइजेशन २.७४ लाख करोड भारु थियो जुन अघिल्लो सत्रमा ३.२७ लाख करोड रुपैयाँ रहेको थियो ।

यो शेयर मूल्यमा आएको कमी कम्पनीको व्यवस्थापनमा लागेको गंभीर आरोपको एक दिनपछि नै भएको हो ।

भारतको दोस्रो ठूलो सूचना प्रविधि सेवा कम्पनीले आफूलाई अपरिचित ह्विसलब्लोअर्सबाट कम्पनीले गलत तरीकाहरु अपनाईरहेको बारेमा गुनासो आएको बताएको छ । ह्विसलब्लोअर्सले सिधै इन्फोसिसका सिईओ सलिल पारेख र सीएफओ निलन्जन रायमाथि आरोप लगाउँदै उनीहरुले कम्पनीको आय र नाफालाई बढाई चढाई गरेर देखाउनका लागि बहीखाताहरुमा हेरफेर गर्ने कोशिश गरेका छन् ।

ह्विसलब्लोअर्सले आफ्ना आरोपहरु साबित गर्नको लागि ईमेल र भ्वाइस रेकर्डिग पनि दिन सक्ने बताएका छन् । उनीहरुले बोर्डलाई पठाएको चिठ्ठिमार्फत जाँच गर्न र तुरुन्त कारबाही गर्न अपिल समेत गरेका छन् ।

यसबारेमा कम्पनीका अध्यक्ष नन्दन नीलेकणीले सो आरोपको जाँच गराउने कुरा गरेका छन् । इन्फोसिसले सो गुनासोलाई कम्पनीको ह्विलसब्लोअर नीतिको अन्तरगत हेरिने बताएको छ । बीबीसीबाट

easy care

प्रकाशित: ७ कार्तिक २०७६, बिहीबार

ताजा समाचार