जर्मन सरकारले ह्वावेलाई ५जी नेटवर्क निर्माणमा सहभागिता लागि अनुमति दिने- रिपोर्ट

Technology Khabar २८ आश्विन २०७६, मंगलवार

जर्मन सरकारले ह्वावेलाई ५जी नेटवर्क निर्माणमा सहभागिता लागि अनुमति दिने- रिपोर्ट

काठमाडौं ।

काठमाडौं । जर्मन सरकारले ह्वावेलाई ५जी नेटवर्क उपकरणको लागि अनुमति दिने निर्णय गरेको छ । हालै फेडलर नेटवर्क एजेनसीले तयार पारेको नयाँ नेटवर्कहरुको लागि सेक्यूरिटीको आवश्यकतासँग सम्बन्धित मस्यौदा पत्रको आधारमा हाण्डेल्सब्लाटले सो रिपोर्ट प्रकाशित गरेको छ ।

रिपोर्टकाअनुसार जर्मन चान्सलर एन्जेला मर्केलले चीनसँगको विवाद हुने डरले ह्वावेको ५जी नेटवर्क निर्माणमा सहभागिताको पक्षमा व्यक्तिगतरुपमा सो निर्णयका लागि हस्तक्षेप गरेकी थिईन् ।

फेडरल नेटवर्क एजेन्सीले मस्यौदाका साथमा ५जीका लागि सेक्यूरिटी रेगुलेसन्स आगामी दिनमा प्रकाशित गर्ने रिपोर्टले जनाएको छ ।

मस्यौदा पत्रकाअनुसार डयच टेलिकोम र भोडाफोनलगायतका अपरेटरहरुले उनीहरुको नेटवर्कहरुमा चुनौतीपूर्ण एरियाहरु पत्ता लगाउनुपर्नेछ र त्यसमा उच्चस्तरको सेक्यूरिटी लागू गर्नुपर्नेछ । फेडरल अफिस फर इन्फर्मेशन सेक्यूरिटीले ५जी नेटवर्क निर्माणको लागि प्रयोग हुने उत्पादनहरुको सेक्यूरिटी स्क्रीनिङ्ग गर्नुपर्ने दायित्व बहन गर्नेछ ।

सरकारले ह्वावेसहितका उपकरण निर्माताहरुले विश्वसनियताको लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुपर्ने चाहेको छ । यसले कुनै एक दिन उत्पादकहरुको प्रडक्ट जासूसी वा तोडफोडमा प्रयोग भएमा त्यसबाट सुरक्षित बनाउन सक्नेछ ।

माध्यम

easy care

प्रकाशित: २८ आश्विन २०७६, मंगलवार

ताजा समाचार