रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने

Technology Khabar २२ भाद्र २०७६, आईतवार

रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं ।

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ ।

अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे ।

सम्झौतासँगै रिलायन्स लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिने बताईएको छ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट रिलायन्स लाइफमा बीमा गरेका व्यक्तिहरू लाभान्वित हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २२ भाद्र २०७६, आईतवार