विकिपेडिया वेबसाइटमा साइबर आक्रमण, संस्थाले भन्यो- सूचना लिन पाउने व्यक्तिको अधिकारलाई चुनौती

Technology Khabar २२ भाद्र २०७६, आईतवार

विकिपेडिया वेबसाइटमा साइबर आक्रमण, संस्थाले भन्यो- सूचना लिन पाउने व्यक्तिको अधिकारलाई चुनौती

काठमाडौं ।

काठमाडौं । लोकप्रिय अनलाइन इनसाइक्लोपेडिया तथा रिफरेन्स वेबसाइट विकिपेडिया शुक्रबार कयौं देशहरुमा डाउन भएको छ । सो वेबसाइटमा मालिसियल एट्याक भएपछि विभिन्न देशहरुमा वेबसाइट संचालनमा समस्या आएको थियो ।

विकिपेडिया संचालन र होस्ट गर्ने संस्था विकिमेडिया फाउण्डेसनले डिस्ट्रिब्यूसन डिनायल अफ सर्भिस(डिडिओएस) आक्रमण भएपछि विभिन्न देशरहरुका विकिपेडिया साइटहरुमा समस्या आएको बताएको छ । संस्थाको जर्मन एकाउन्टबाट ट्विट गरेर सो जानकारी दिईएको थियो ।

विकिमेडिया फाउण्डेसनले विज्ञप्ति जारी गर्दै विश्वको लोकप्रिय वेबसाइट विकिपेडियामा साइबर आक्रमणद्धारा समस्या आएको र त्यसमा टिमले काम गरिरहेको उल्लेख गरेको थियो ।

डिडिओएस एट्याक प्राय जोम्बी (अर्धमृत) कप्यूटरहरुको सहयोगबाट गर्ने गरिन्छ, जसले भाइरसहरुका साथमा मसिनहरुमा प्रभावित पार्दछ र निरन्तर एकैपटक वेबसाइटमा प्रवेश गरिरहन्छ ।

यस्तो ठूलो र निरन्तर वेबसाइटमा हुने भिजिटले वेबसाइटको कम्प्यूटर सर्भरहरुलाई अत्यधिक संचालन गराउँछ, जसले गर्दा सो वेबसाइटको सेवा सुस्त हुन्छ वा पछि अफलाइनमा जान्छ ।

बिकिमेडियाले आफ्नो सर्भरमा हानी पुर्याउने कार्यको निन्दा गरेको छ र यसले निशुल्क र बाँड्न सकिने सूचनाहरुमा हुने हरेक व्यक्तिको पहुँचको अधिकारलाई चुनौती दिएको बताएको छ । एजेन्सी

easy care

प्रकाशित: २२ भाद्र २०७६, आईतवार