भिडियो गेम डेभलपरहरुको कुम्भ मेला ‘गेम्सकम’ जर्मनीमा हुँदै, नयाँ भिडियो गेमहरुको घोषणा

Technology Khabar ४ भाद्र २०७६, बुधबार

भिडियो गेम डेभलपरहरुको कुम्भ मेला ‘गेम्सकम’ जर्मनीमा हुँदै, नयाँ भिडियो गेमहरुको घोषणा

काठमाडौं ।

काठमाडौं । भिडियो गेमको सबैभन्दा ठूलो इभेन्ट गेम्सकम २०१९ (Gamescom 2019) जर्मनीको कोलोग्नेमा सोमबारदेखि शुरु भएको छ । सो इभेन्टमा भिडियो गेम डेभलपरहरु आफ्ना भिडियो गेम्समा राखिएका नयाँ फिचरहरु देखाईरहेका छन् ।

अमेरिकामा भएको वार्षिक भिडियो गेम एक्सपोको करिब २ महिनापछि गेम डेभलपरहरुले आफ्नो नयाँ आकर्षणहरुको बारेमा विश्वलाई जानकारी दिईरहेका छन्। गेम्सकम शो पहिलो पटक अनलाइनमा स्ट्रीम गरिएको छ ।

सो इभेन्टमा निनटेण्डोले स्वीच कन्सोलमा आउन लागेको नयाँ २९ वटा इण्डि गेम्सको घोषणा गरेको छ । माइक्रोसफ्टले एक्सबक्समा नोभेम्बर १४ तारिखमा रिलिज गर्ने एज अफ एम्पायर्स टूः डेफिनिटिभ एडिसनको बारेमा जानकारी दिएको छ ।

गूगलले आफ्नो क्लाउड स्ट्रीमिंग प्लेटफर्म स्टाडियामा कयौं गेम्स थप गरेको छ जसमा अट्याक अन टाइटान २ः फाइनल ब्याटल, ओक्स मस्ट डाई ३, साइबरपंक २०७७, किने, र सूपरहट छन् ।

गेम्सकमको उद्घाटन शत्रमा गरिएको अन्तरक्रियामा केर्बल स्पेस प्रोग्रामको नक्कलको रुपमा स्पेट फाइट सिमुलेसन गेम आउँदैछ भने अर्को वर्ष कम्प्यूटरमा र त्यसपछि एक्सबक्स वान तथा प्लेस्टेशन ४ मा आउनेछ ।

प्लेस्टेशन ४ मा भने कल अफ ड्यूटीः मोडर्न वारफेयर नामक गेममा गन फाइटिंग मोड राखिनेछ । त्यस्तै एरिका लाइभ एक्सन मर्डर मिस्टेरी पनि प्लेस्टेशन ४ मा उपलब्ध हुनेछ ।

गेम्सकममा चर्चित जापानी भिडियो गेम डिजाइनर हिडेको कोजीमाले पनि हरर गेम डेथ्स स्ट्रान्डिंगको बारेमा बोलेका थिए । सो गेम प्लेस्टेशनमा नोभेम्बर ८ तारिखमा आउने छ, जून कोजीमा र सोनीले संयुक्तरुपमा बनाएका हुन् ।

गेम्सकम यहि अगस्ट २४ तारिखसम्म आयोजना हुनेछ ।

easy care

प्रकाशित: ४ भाद्र २०७६, बुधबार