ह्वावेका कर्मचारीहरुले युगाण्डा र जाम्बिया सरकारका लागि विरोधीहरुको जासुसी गरे: रिपोर्ट

Technology Khabar ३१ श्रावण २०७६, शुक्रबार

ह्वावेका कर्मचारीहरुले युगाण्डा र जाम्बिया सरकारका लागि विरोधीहरुको जासुसी गरे: रिपोर्ट

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेका कामदारहरुले अफ्रिकी मुलुक युगाण्डा र जाम्बियामा सरकारको लागि जासुसी गर्ने गरेको भेटिएको छ ।

ह्वावेका कामदारहरुले ती देशका सरकारको लागि विरोधी राजनीतिक दलहरुमाथि जासुसी गर्ने गरेको र विरोधीहरु पक्राउसम्म हुने गरेको हालै वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख छ ।

युगाण्डाको काम्पालामा ह्वावेका कर्मचारीहरुले यूगाण्डाको साइबर सर्भिलेन्स यूनिटलाई सहयोग गरेको थियो जसमा विपक्षि राजनीतिक नेता बबी वाईनसँग आबद्ध ह्वाट्सएप ग्रुप ब्रेक गर्न सहयोग गरेका थिए ।

ह्वावेका कर्मचारीहरुले इजरायली कम्पनीद्धारा बनाईएको ह्वाट्सएप ग्रुप भंग गर्नसकिने स्पाईवेयर प्रयोग गरेका थिए जसले गर्दा बाइनलाई पक्राउ गरिएको थियो भने उनका समर्थकहरुपनि पक्राउ भएका थिए ।

त्यसैगरि जाम्बियामा ह्वावेका प्राविधिकहरुले हालको जाम्बियन राष्ट्रपतिका प्रतिपक्षि ब्लगरहरुको फोनहरु र फेसबुक पेजहरुमा सरकारको पहुँच पुर्याउन सहयोग गरेका थिए । जसअन्तरगत जाम्बियन साइबर सर्भिलेन्स यूनिटलाई ब्लगरहरुको लोकेसन पत्ता लगाउन सहयोग गरेको थियो ।पछि उनीहरुलाई पनि पक्राउ गरियो ।

युगाण्डा र जाम्बिया दुबै ठाउँहरुमा ह्वावेले सरकारहरुलाई विरोधीहरुको जासुसी गर्न सहयोग गरेको जसलाई वरिष्ठ सुरक्षा अधिकारीहरुले अनुगमन गरेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टअनुसार ह्वावेका कर्मचारीहरुले ह्वावे र अन्य प्रविधिको प्रयोग गरेर युगाण्डा र जाम्बियन सरकारलाई जासुसी गर्न सहयोग गरेका थिए ।
तर सो रिपोर्टअनुसार ह्वावेका कर्मचारीहरु जसले दुबै देशका सरकारको लागि जासुसी गरेका थिए तीनले ह्वावे वा चिनियाँ सरकारको लागि जासुसी गरेका थिए वा थिएनन भन्ने कुनै प्रमाण भेटिएको छैन् । त्यसैगरि सो बारेमा ह्वावे वा चीन जानकार छ भन्ने बारेमा पनि कुनै प्रमाण नभएको रिपोर्टमा उल्लेख छ ।

स्रोत  माध्यम

easy care

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार