ईजी ट्याक्सी नेपालले ल्यायो ‘गाईजात्रे क्यासब्याक अफर’, एप्समार्फत ट्याक्सी चढ्दा भाडाको रकम फिर्ता

Technology Khabar २९ श्रावण २०७६, बुधबार

ईजी ट्याक्सी नेपालले ल्यायो ‘गाईजात्रे क्यासब्याक अफर’, एप्समार्फत ट्याक्सी चढ्दा भाडाको रकम फिर्ता

काठमाडौं ।

काठमाडौं । नेपालमा ट्याक्सीको सबैभन्दा ठूलो नेटवर्क भएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसर पारेर आफ्ना यात्रुहरुलाई क्यासब्याक अफर ल्याएको छ ।

एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको छ । कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो रकम फिर्ता योजना ल्याएको हो ।

पछिल्लो दिनहरुमा एप्समार्फत ईजीट्याक्सी नेपाल प्रयोग गर्ने ग्राहकहरुको संख्यामा भएको वृद्धिसँगै कम्पनीले आफ्ना यात्रुहरुको लागि नयाँ अफर सार्वजनिक गरेको हो । फिर्ता भएको क्यासब्याक रकम यात्रुहरुले अर्को ट्याक्सी राईडमा प्रयोग गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

गाईजात्रे अफरअन्तरगत ईजीट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकहरुका लागि समेत अफर घोषणा गरेको छ । जसअन्तरगत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ त्यति धेरै रकम आम्दानी गर्नसक्ने सुविधा दिएको छ । चालकहरुका लागि प्रतिकिलोमिटर रु.२ को दरले चालकहरुको वालेटमा रकम फिर्ता हुने बताईएको छ । कम्पनीले चालकहका लागि असिमित अवधिसम्म रकम फिर्ता दिने उल्लेख छ ।

ईजी ट्याक्सी नेपालका अपरेशन हेड दामोदर श्रेष्ठले ईजी ट्याक्सी नेपालका प्रयोगकर्ता यात्रुहरुलाई थप सुविधा दिने उद्धेश्यले यो योजना ल्याएको बताए ।

‘ईजी ट्याक्सी नेपालमा २७०० भन्दा बढि ट्याक्सी चालक तथा व्यवसायीहरु आबद्ध भईसक्नुभएको छ, यो नेपालको सबैभन्दा ठूलो ट्याक्सी एप संजाल पनि हो, हामी ट्याक्सी यात्रुहरुका लागि विभिन्न सुविधाहरु नियमितरुपमा ल्याउने क्रममा छौं, यो अफरमा सिधै क्यासब्याक प्राप्त हुनेछ,’ ईजी ट्याक्सी नेपालका अपरेशन हेड श्रेष्ठले भने ।

ईजी ट्याक्सीले फिर्ता दिने रकम बैंक एकाउन्टमा समेत ट्रान्सफर गर्न सकिने सुविधा रहेको छ ।

ईजी ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफरमा यात्रुहरुलाई भने अधिकतम रु. २००/– सम्म मात्र प्राप्त हुनेछ ।

ईजी ट्याक्सी नेपालमा आबद्ध सम्पूर्ण ट्याक्सी चालकहरुका लागि ५ लाख रुपैयाँको दूर्घटना बीमा रहेको छ भने चालकका परिवारको सुरक्षाको लागि पनि बीमा योजना ल्याउने तयारी रहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

easy care

प्रकाशित: २९ श्रावण २०७६, बुधबार