मोबाइल बितरकहरुको तेस्रो साधारण सभा सम्पन्न, ‘ग्रे मार्केट’ रोक्नुपर्ने सरोकारबालाहरुको भनाई

Technology Khabar १८ श्रावण २०७६, शनिबार

मोबाइल बितरकहरुको तेस्रो साधारण सभा सम्पन्न, ‘ग्रे मार्केट’ रोक्नुपर्ने सरोकारबालाहरुको भनाई

काठमाडौं ।

काठमाडौं । नेपाल मोबाइल बितरक संघको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै संसदको प्रविधि तथा विकास समिति सभापति कल्याणी खड्काले नेपालमा ठूला बडा भनाउँदा अधिकांशले कर नतिरेको महंगा मोबाइल फोनहरु बोक्ने गरेको भन्दै कर छलि रोक्नुपर्ने बताईन् ।

‘अहिले नेपालमा मोबाइल सहित इलेक्ट्रोनिक्स सामाग्रीहरु भित्रिरहेको तर त्यसको व्यवस्थापनको बारेमा भने कसैले ध्यान दिएका छैनन्, त्यो भविश्यमा चुनौती बन्नेछ,’ प्रविधि तथा विकास समिति सभापति खड्काले भनिन् ।

उनले अवैध फोन आयात र प्रयोगलाई रोक्न पनि सरकारले कदम चाल्नुपर्ने तर मोबाइल फोन आधारभूत आवश्यकता भएकोमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताईन् ।

कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको प्रकृया शुरु भईसकेको बताए ।

‘अझै ग्रे इम्पोर्ट रोकिएको छैन् , त्यसैले हामीले एमडिएमएस लागू गर्ने प्रकृया शुरु गरिसकेका छौं र यो वर्षभित्रै शुरु गर्ने लक्ष्य लिएका छौं, यसले सबैलाई सहयोग दिन्छ,’ अध्यक्ष खनालले भने ।

त्यसैगरि मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दिपक मलहोत्राले सरकारको राजस्वमुखी नीतिले गर्दा ग्रे मार्केट फस्टाएको बताए ।
अहिले सरकारले कर घटाएको भए करिब ४२ करोड राजस्व कम हुन्थ्यो तर सबै आयात कानूनीरुपमा हुनेथियो, जसले गर्दा भविश्यमा सरकारलाई नै फाईदा हुनेथियो, तर त्यसमा ध्यान गएन, मलहोत्राले भने ।

उनकाअनुसार ग्रे मार्केट फस्टाउँदा नेपालका सबै मोबाइल व्यवसायहरु घाटामा गएका छन् भने सरकारलाई राजस्व पनि गुमेको छ ।

एसोसिएसनका अध्यक्ष दिनेश चुल्याँदोले गत वर्ष मोबाइल व्यवसायीक क्षेत्रको लागि घाटाको वर्ष भएको तर यो वर्ष सकारात्मक हुने अपेक्षा गरे । उनले ग्रे मार्केट फस्टाउँदा कतिपय व्यवसायीले मोबाइलको व्यवसाय नै छोडेको बताए ।

कार्यक्रममा नेपालभरका मोबाइल डिलरहरुको सहभागीता रहेको छ । एसोसिएसनकाअनुसार करिब ४०० सदस्यहरु आबद्ध रहेका छन भने सातै प्रदेशमा प्रदेशस्तरिय एसोसिएसन रहेका छन् ।

easy care

प्रकाशित: १८ श्रावण २०७६, शनिबार