चालकरहित गाडि पार्किंग सिस्टम संचालन गरिने, बोस्च र ड्यामलरले जर्मनीमा पाए परिक्षण अनुमति

Technology Khabar ७ श्रावण २०७६, मंगलवार

चालकरहित गाडि पार्किंग सिस्टम संचालन गरिने, बोस्च र ड्यामलरले जर्मनीमा पाए परिक्षण अनुमति

काठमाडौं ।

काठमाडौं । अटोमेकर कम्पनी ड्यामलर र अटो सप्लायर कम्पनी बोस्चले संयुक्तरुपमा अटोनोमस ड्राइभिंग टेक्नोलोजी प्रयोग गरिने भ्यालेट पार्किंग शुरु गर्ने भएका छन् । दुबै कम्पनीहरुले जर्मनीको स्टूटगार्टमा स्थानिय अधिकारीहरुले अनुमति दिएपछि परीक्षणको रुपमा सो टेक्नोलोजी शुरु गरेका हुन् ।

सो अटोमेटेड ड्राइभिंग पार्किंगमा मानविय सेफ्टी ड्राइभर हुनेछैन् । यो विश्वको पहिलो पूर्णरुपमा स्वचालित चालकरहित एसएई लेभल ४ पार्किंग हुनेछ । यसलाई दैनिकरुपमा प्रयोग गर्न सकिने छ । लेभल ४ एसएईद्धारा निर्धारण गरिएको हो । जसको अर्थ गाडिले मानविय हस्तक्षेप बिना नै निश्चित तोकिएको मापदण्डमा ड्राइभिंगको सम्पूर्ण कार्यहरु संचालन गर्न सक्दछ ।

हाल मर्सिडिज बेन्ज म्यूजियम पार्किंग ग्यारेजमा शुरु गरिने सो अटोमेटेड भ्यालेट पार्किंग सर्भिसको लागि बोस्च र ड्यामलरले उपलब्ध गराएको भेहिकल टेक्नोलोजी पूर्वाधार प्रयोग हुनेछ । दुबै कम्पनीहरुले संयुक्तरुपमा यसको लागि करिब ४ वर्षदेखि काम गरिररहेका थिए ।

यो टेक्नोलोजी स्मार्टफोन एपद्धारा पहुँचयोग्य हुनेछ भने आवश्यक कार आफैं स्वचालितरुपमा तोकिएको स्थानमा गएर पार्क हुनेछ । पार्क भईसकेपछि ड्राइभरले पार्किंग ग्यारेज छोड्न सक्नेछ । यसैगरी सो पार्क गरिएको कार पुन निकाल्न सोहि प्रकृया अपनाउन सकिने छ ।

‘ड्राइभरलेस ड्राइभिंग र पार्किंग भविश्यको मोबिलिटीको लागि महत्वपूर्ण निर्माणको आधार हो । अटोमेटेड पार्किंग सिस्टमले हामी सो पथमा यसअघि नै अग्रसर भएको देखाउँछ,’ बोस्चका बोर्ड सदस्य डा. मार्कुस हेयनले भने । एजेन्सी

easy care

प्रकाशित: ७ श्रावण २०७६, मंगलवार