टोयोटाले चिनियाँ कम्पनी बिवाईडीसँगको सहकार्यमा अल इलेक्ट्रिक कार उत्पादन गर्ने

Technology Khabar ४ श्रावण २०७६, शनिबार

टोयोटाले चिनियाँ कम्पनी बिवाईडीसँगको सहकार्यमा अल इलेक्ट्रिक कार उत्पादन गर्ने

काठमाडौं ।

काठमाडौं । टोयोटाले चिनियाँ कम्पनी बिवाईडीसँगको सहकार्यमा अल इलेक्ट्रिक कारहरु चीनमा बनाउने भएको छ ।

टोयोटा र बिवाईडी मिलेर अल इलेक्ट्रिक सेडानहरु र लो फ्लोर एसयूभीहरु विकास गर्नेछ । यी गाडिहरु सन् २०२० को पहिलो अर्धवार्षिकसम्म टोयोटाको ब्राण्डमा लन्च गरिनेछ ।

टोयोटाले यसअघि बिवाईडीसँग ब्याट्रीको लागि मात्र सहकार्य गर्ने उद्धेश्य राखेकोमा अहिले भने जापानी कार मेकर कम्पनीले अल इलेक्ट्रिक कारहरु नै उत्पादनमा सहकार्य गर्ने भएको हो ।

टोयोटाले आफ्नो अल इलेक्ट्रिक कार योजनालाई तिब्रता दिन पनि यो सहकार्य गरेको हो किनकी टोयोटा सो योजनामा निकै पछाडि परेको छ । त्यसैगरि टोयोटाले आफ्नो हाईब्रिड गाडिहरुको योजनाबाट नहट्ने बताईसकेको छ ।

चीनमा छिटै नै यो सहकार्यमार्फत दुईवटा सब कम्प्याक्ट क्रसओभर भेहिकलहरु सिएचआर र आईजोआ नामक उत्पादन लन्च गर्ने योजना लिएका छन् । यी कारहरु आगामी वर्ष मात्र बजारमा उपलब्ध हुनेछन् ।

बिवाईडीले यहि वर्ष मात्र २० गीगावाट ब्याट्री गीगाफ्याक्ट्रीको शिलन्यास गरेको थियो । कम्पनीले आफैंले पनि इलेक्ट्रिक भेहिकल उत्पादन गरिरहेको छ । यसबाहेक बिवाईडीले अर्को गाडि उत्पादक ड्यामलरसँग पनि चीनियाँ बजारका लागि डेन्जा ब्राण्ड नाममा इलेक्ट्रिक कारहरुको लागि काम गरिरहेको छ ।

easy care

प्रकाशित: ४ श्रावण २०७६, शनिबार