हुण्डाई र याण्डेक्सले बनाए सेल्फ ड्राइभिंग २०२० सोनाटा प्रोटोटाइप, रसियाको मस्कोमा छिटै कुदाउने

Technology Khabar २९ असार २०७६, आईतवार

हुण्डाई र याण्डेक्सले बनाए सेल्फ ड्राइभिंग २०२० सोनाटा प्रोटोटाइप, रसियाको मस्कोमा छिटै कुदाउने

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली कम्पनी हुण्डाईले रसियाको याण्डेक्ससँगको सहकार्यमा अटोनोमस कारको पहिलो प्रोटोटाइप सार्वजनिक गरेको छ । दुबै कम्पनीले सेल्फ ड्राइभिंग २०२० सोनाटा को प्रोटोटाइप देखाएका हुन् ।

याण्डेक्सले सो प्रोटोटाइपको भिडियो सार्वजनिक गरेको छ जुन चालकरहित किसिमले टेष्ट ट्र्याकमा कुदिरहेको छ । सोनाटा गाडिहरु मस्कोको सार्वजनिक सडकहरुमा छिट्टै देखिने बताईएको छ ।

हुण्डाईले र याण्डेक्स गएको मार्चमा लेभल ४ र लेभल ५ अटोनोमस भेहिकलहरु विकास गर्न सहकार्य गरेको घोषणा गरेका थिए । उनीहरुले हुण्डाई अथवा कियाको स्ट्याण्डर्ड प्रोडक्सनमा आधारित रहेर ड्राइभरलेस प्रोटोटाइप भेहिकल विकास गर्ने प्रारम्भिक लक्ष्य लिएको थिए, र त्यसको चार महिनाभन्दा अगाडि नै सो प्रोटोटाइप आएको छ ।

याण्डेक्सले हुण्डाईसँगको नजिकको सहकार्यबारे बताउँदै आफ्ना इन्जिनियरहरुले मध्यम स्तरमा काम गरिरहेको बताएका थिए । उनीहरुले पहिलो सोनाटा मे २०१९ को अन्त्यमा प्राप्त गरेका थिए भने सो कारलाई याण्डेक्सको सेन्सरहरु र सेल्फ ड्राइभिंग सफ्टवेयरको प्रयोगद्धारा करिब ६ महिनामा नै रेट्रोफिट गर्न सफल भए ।

याण्डेक्स रसियाको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी हो । सो कम्पनीले यसअघि नै ५० वटा टोयोटा प्रियुसेस गाडिमा सेल्फ ड्राइभिंग राखिसकेको छ भने आगामी दिनमा सोनाटाका १०० वटा गाडिहरुलाई सेल्फ ड्राइभिंग कारको रुपमा यो वर्षको अन्त्यसम्म बनाउने योजना दिएको छ ।

याण्डेक्सले यसअघि नै सेल्फ ड्राइभिंग भेहिकलहरुबाट आगामी महिनादेखि ह्यूमन सेफ्टी ड्राइभरहरु हटाउने यसअघि नै घोषणा गरिरसकेको छ ।

दुबै कम्पनीहरुले अन्य उत्पादकहरुले प्रयोग गर्न सक्ने किसिमको अटोनोमस सिस्टम समेत बनाउने घोषणा गरेका छन् ।

हुण्डाईले याण्डेक्स बाहेक औरोरासँग पनि सेल्फ ड्राइभिंग प्लेटफर्म निर्माणका लागि सहकार्य गरिरहेको छ ।

हुण्डाईले यसअघि नै २०२१ सम्ममा लेभल ४ अटोनोमस रोबोट्याक्सी शहरहरुमा उपलब्ध गराउने योजना लिएको छ । एजेन्सी

easy care

प्रकाशित: २९ असार २०७६, आईतवार