जगुवार ल्याण्ड रोभरले बेलायतमा इलेक्ट्रिक भेहिकल्स बनाउने, सन् २०२० मा ल्याउने तयारी

Technology Khabar २१ असार २०७६, शनिबार

जगुवार ल्याण्ड रोभरले बेलायतमा इलेक्ट्रिक भेहिकल्स बनाउने, सन् २०२० मा ल्याउने तयारी

काठमाडौं ।

काठमाडौं । ब्रिटेनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी जगुवार ल्याण्ड रोभरले इलेक्ट्रिक भेहिकल्स निर्माणको लागि बेलायतमा लगानी गर्ने भएकोा छ । कम्पनीले बेलायतमा डिजेल र पेट्रोल कारको घट्दो बिक्री र ब्रेजिक्टको अनिश्चितताका बाबजुद पनि लाखौं डलर लगानी गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा इलेक्ट्रिक भेहिकल्सको शुरुवात आफ्नो लक्जरी सेडान एक्सजे(XJ)बाट गर्ने भएको छ । कम्पनीले इलेक्ट्रिक भेहिकल्सको उत्पादन बेलायतको मध्यमा रेहको क्यास्टल ब्रोमिच प्लान्टमा गर्नेछ ।

गत वर्ष मात्र जगुवारले बेलायमा कुल कार बिक्रीका करिब ३० प्रतिशत हिस्सा ओगट्दै १५ लाख कार बेचेको थियो ।

अबको भविश्य भनेको इलेक्ट्रिक हो र एउटा भिजिनरी ब्रिटिस कम्पनीको भएको नाताले, हामी बेलायतमा हाम्रो नयाँ पुस्ताको शुन्य कार्बनजन्य गाडीहरु बनाउनेछौं, कम्पनीका प्रमुख कार्यकारी राल्फ स्पेथले भने ।

यो घोषणा यस्तो बेला आएको छ जतिबेला होण्डा र फोर्डले बेलायतमा आफ्ना फ्याक्ट्रीहरु बन्द गर्ने योजना ल्याएका छन् । यसले बेलायतको अटोमोटिभ सेक्टरलाई बढावा दिने बताईएको छ ।

जगुवार ल्याण्ड रोभरको युरोपमा भएका चार मध्ये तीनवटा प्लान्ट बेलायतमा छन् ।

तर सो गाडी कम्पनीले ब्रेजिक्टले पार्ने प्रभावको बारेमा पनि स्पष्ट हुनुपर्ने तर आफूले बेलायत नछोड्ने उल्लेख गरेको छ ।

कार मेकर कम्पनीले सन् २०२० देखि इलेक्ट्रिक अप्सनहरुको रुपमा नयाँ इलेक्ट्रिक भेहिकल्स ल्याउने तयारीमा छ ।

जगुवारले बेलायती सरकारसँग ब्याट्री उत्पादनको गीगा स्केलमा प्लान्ट लगाउन पनि अनुरोध गरेको छ जसले गर्दा बेलायत शुन्य कार्बन उत्सर्जन र प्रविधिमा पछाडि पर्न नपरोस् । एजेन्सी

easy care

प्रकाशित: २१ असार २०७६, शनिबार