रेनोको विराटनगरमा २ तल्ले शोरुम उद्घाटन

Technology Khabar १८ असार २०७६, बुधबार

रेनोको विराटनगरमा २ तल्ले शोरुम उद्घाटन

काठमाडौं ।

काठमाडौं । नेपालका लागि रेनो गाडीहरुको अधिकृत वितरक एडभान्स अटोमोबाईल प्रालिले विराटनगरमा पूर्ण सुविधा सहितको २ तल्ले “महावीर अटोमोबाईलस्” शोरुमको उद्घाटन गरेको छ । यो रेनोको यस्तो प्रकारको पहिलो शोरुम हो । अटोमोबाईल ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रेनोको नयाँ शोरुम जुलाई १ तारिखबाट संचालनमा आईसकेको छ ।

नयाँ शोरुममा रेनोको डस्टर, क्वीड र क्याप्चर गाडीहरु उपलब्ध रहेका छन् । साथै नयाँ शोरुमले ग्राहकहरुलाई सेल्स, सर्भिस तथा स्पेयर पार्टस्को पहुँचलाई सहज बनाउनेछ ।

‘हामी विराटनगरमा नयाँ २ तल्ले शोरुम उद्घाटन गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो रेनोको नेपालमा पहिलो २ तल्ले शोरुम हो । रेनोले देशभरका ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्न आधुनिक तथा नवीनतम प्रविधिहरु ल्याइरहेको छ,’ एडभान्स अटोमोबाइल प्रालिका मार्केटिङ म्यानेजर सन्दीप क्षेत्रीले भने ।

एडभान्स अटोमोबाइलका डिलर म्यानेजर विपुल भट्टराईले भन्नुभयो, ‘यो रेनोको विराटनगरमा पहिलो पूर्ण सुविधा सहितको २ तल्ले शोरुम हो । यो शोरुमसँगै समग्र प्रदेशनै विभिन्न तरिकाबाट लाभान्वित हुनेछ ।’

easy care

प्रकाशित: १८ असार २०७६, बुधबार

ताजा समाचार