पियुजियोटीको इलेक्ट्रिक एसयूभी ई-२००८ लन्च, ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने इलेक्ट्रिक एसयूभी

Technology Khabar ७ असार २०७६, शनिबार

पियुजियोटीको इलेक्ट्रिक एसयूभी ई-२००८ लन्च, ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने इलेक्ट्रिक एसयूभी

काठमाडौं ।

काठमाडौं । कार मेकर कम्पनी पियुजियोटीले आफ्नो इलेक्ट्रिक कार सेगमेन्टलाई बढाउँदै लगेको छ जसअन्तरगत कम्पनीले हालै नयाँ इलेक्ट्रिक एसयूभी लन्च गरेको छ ।

कम्पनीले ई-२००८ इलेक्ट्रिक एसयूभी ल्याएको हो, जसमा यसअघि सार्वजनिक भएको २०८ कम्प्याक्ट कारको जस्तै डिजाइन रहेको छ ।
कम्पनीले ‘चुज योर पियुजियोटी, चुज योर पावरट्रेन’ रणनीतिअन्तरगत नयाँ पियुजियोटी ई-२००८ एसयूभी ल्याएको हो । यो गाडी इलेक्ट्रिक बाहेक पेट्रोल र डिजेल भर्सनमा पनि उपलब्ध हुनेछ ।

फ्रेन्च कार मेकर पियुजियोटीको ई-२००८ मा १०० किलोवाटको इलेक्ट्रिक मोटर राखिएको छ भने ५० किलोवाटको ब्याट्री प्याक रहेको छ । यो गाडिले १९३ माइलको गति प्रदान गर्दछ ।

पियुजियोटीले यो गाडिमा र्यापिड चार्जिंग टेक्नोलोजी राखेको छ जसअन्तरगत केबल ३० मिनेटमा नै ८० प्रतिशत गाडिको ब्याट्री चार्ज हुन्छ ।

जबकी परम्परागत ७.४ किलोवाट वा ११ किलोवाट फास्ट चार्जरबाट यो गाडि पूरै चार्ज गर्न ८ घण्टादेखि ५ घण्टाको समय लाग्दछ । त्यसैगरि सामान्य घरेलु प्लगबाट गाडि चार्ज गर्न २० घण्टासम्म लाग्दछ ।

यसको फ्रन्ट साइड प्यानल र टेलगेटमा ई-मोनोग्राम रहेको छ भने फ्रन्ट ग्रील बडि कलरसँग सुहाउँदो रहेको छ । ई २००८ एसयूभी जीटीमा अल्कान्टाराको विशेष किसिमको सीटहरु राखिएको छ । थ्रीडी डिजिट इन्स्ट्रुमेन्टल प्यान, रियल टाइममा पावरट्रेन संचालनको सुविधालगायतका फीचरहरु रहेका छन् ।

हाल सार्वजनिक भएको यो गाडि बजारमा सन् २०२० मा मात्रै आउनेछ ।

कम्पनीले सन् २०२३ सम्ममा सबै पियुजियोटी रेन्जलाई पूर्णरुपमा इलेक्ट्रिफिकेसन गर्ने उद्धेश्यअनुसार यो दोस्रो इलेक्ट्रिक एसयूभी लन्च गरेको जानकारी दिएकोछ ।

easy care

प्रकाशित: ७ असार २०७६, शनिबार

ताजा समाचार