३ दिने आइओटि प्रदर्शनी शुरु, स्मार्ट सिटीसहित अन्य स्मार्ट विषयको नमुना प्रदर्शन

Technology Khabar २८ जेष्ठ २०७६, मंगलवार

३ दिने आइओटि प्रदर्शनी शुरु, स्मार्ट सिटीसहित अन्य स्मार्ट विषयको नमुना प्रदर्शन

काठमाडौं ।

काठमाडौं । कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वेरिका कलेजले काठमाडौंमा आयोजना गरेको ३ दिने आइओटि प्रदर्शनी सुरु भएको छ ।

यहि विहिबारसम्म डिल्लीबजारस्थित कलेजको भवनमा संचालन हुने प्रदर्शनीका लागि स्मार्ट स्कुलर कलेज, स्मार्ट पाकिङ्, स्मार्ट होटल र रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधन सहित स्मार्ट सिटीको नमुना प्रदर्शनीमा राखिएका छ्न ।

प्रदर्शनीको करिव ८० वटा स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले तयार गरेका हुन् ।

प्रदर्शनी अवधिमा तिनै दिन आइटिमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशाला समेत सञ्चालन गरिएको छ । बेलायतको आइटि सम्बन्धि प्रसिद्ध कभेन्ट्री युनिभर्सिटिका एकेडेमिक पाटर्नरसिप म्यानेजर एबि लिटलरले कार्यशालाको संयोजन गरेकी छिन ।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।

निशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आइटि क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ ।

प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवम् सफ्ट्वरीका कलेजका प्रमुख प्रमोद पौडेलले बताए।

easy care

प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार