भारतीय चुनावमा सोशल मिडियामा आचार संहिता, विज्ञापन गर्नु पहिले जानकारी दिनुपर्ने

Technology Khabar २७ फाल्गुन २०७५, सोमबार

भारतीय चुनावमा सोशल मिडियामा आचार संहिता, विज्ञापन गर्नु पहिले जानकारी दिनुपर्ने

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलुक भारतमा सन् २०१९ मा लोकसभा चुनावको मिति घोषणा भएको छ । यसका साथै भारतको चुनाव आयोगले सामाजिक संजालहरुमा पनि आचार संहिता लागू गरेको छ ।

चुनाव कार्यक्रम घोषणाका साथै सामाजिक संजालमा पनि आचार संहिता लागू हुने मुख्य चुनाव आयुक्त सुनील अरोडाले बताए ।

आचारसंहिताअनुसार सबै सोशल मिडिया प्लेटफर्ममा यो अवधिमा कुनैपनि राजनीतिक पार्टिहरुको विज्ञापन पोस्ट गर्नभन्दा पहिले जानकारी दिनुपर्नेछ । अनुमति पाएपछि मात्र सो विज्ञापन शुरु गर्न सकिने बताईएको छ । गूगल र फेसबुकलाई भारतको चुनाव आयोगले यस्ता विज्ञापनदाताहरुको छनौट गर्नका लागि समेत भनेको छ ।

यसबाहेक फेक न्यून र हेट स्पीचलाई समेत नियन्त्रित गर्नका लागि सोशल मिडिया प्लेटफर्महरुलाई अधिकारी नियुक्त गर्नको लागि भनिएको छ ।

यसबाहेक आयोगले सर्वसाधारण भारतीय र पार्टिहरुका लागि पनि केहि एप्स र डिजिटल पोर्टल्सको जानकारी दिएको छ । वेब पोर्टल समाधान सर्वसाधारणका लागि ल्याएको छ, यो पोर्टल फीडब्याक दिनका लागि उपयोग गर्न सकिने छ ।

त्यसैगरि कसैले चुनावको आचार संहिता उल्लंघन गरेमा जानकारी दिन अनुरोध गर्दै एप सार्वजनिक गरेको छ । यो एपमार्फत मतदाताले कुनैपनि नियम उल्लंघनको बारेमा क्यामराबाट रेकर्ड गरेर चुनाव आयोगलाई सिधै पठाउन सक्नेछन् । भारतीय चुनाव आयोगले पार्टी प्रतिनिधि, उम्मेदवार र चुनाव एजेन्टहरुका लागि विभिन्न अनुमति लिने आवेदन दिनका लागि पनि सुविधा एप ल्याएको छ ।

चुनावलाई ध्यानमा राखेर शारिरिक असक्तहरुको लागि सुविधा दिने उद्देश्यले पर्सन विद डिसेब्लिटी नामक एप सार्वजनिक गरेको छ । यो एपको माध्यमबाट आवश्यक पर्ने व्यक्तिहरुलाई ह्लीलचेयरको सुविधा, ब्रेल ब्यालेट पेपर तथा ब्रेल भोटर स्लिप लगायतको सुविधा दिने बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार