हुन्डाईको नयाँ शोरुम नक्सालमा संचालन

Technology Khabar २ फाल्गुन २०७५, बिहीबार

हुन्डाईको नयाँ शोरुम नक्सालमा संचालन

काठमाडौं ।

काठमाडौं । हुन्डाई मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नक्साल, काठमाडौंमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

नेपालका लागि द रिपब्लिक अफ कोरियाका राजदूत पार्क योङ्ग–सिक, हुन्डाई मोटर कम्पनी, एसिया हेडक्वार्टर प्रमुख योङ्ग सुक ली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ द्वारा संयुतm रुपमा नक्साल सोरुम यहि फाल्गुण २ गते समुद्घाटन गरिएको हो ।

ग्राहकहरुका निम्ती उत्कृष्ट विक्री सेवा अनुभव दिन नक्सालको नयाँ सोरुमले थप मद्दत गर्नेछ । काठमाडौंको उत्तरी भागका आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न सो सोरुम खोलिएको कम्पनीले जानकारी दिएको छ ।

यो सोरुमको डिजाइन हुण्डाईको न्यू ग्लोबल डिलरसिप स्पेश आईडेन्टिटी (GDSI) को निर्देशन अनुसार बनाइएको छ । जसमा ३२०० स्वायरफीट गाडी डिस्प्ले एरिया र ६००० स्वायरफीट भन्दा बढी ग्राहक लाउन्ज, विक्री सल्लाहकार कक्ष, सम्मेलन कक्ष आदि छ ।

विद्युतीय गाडीहरु चार्ज गर्दै पार्क गर्ने सुविधाका साथै अन्य गाडीहरुको प्रशस्त पार्किङ्गको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २ फाल्गुन २०७५, बिहीबार