टाटा मोटर्सको ह्यारियर एसयूभी भारतमा लन्च

Technology Khabar ९ माघ २०७५, बुधबार

टाटा मोटर्सको ह्यारियर एसयूभी भारतमा लन्च

काठमाडौं ।

काठमाडौं । टाटा मोटर्सले भारतीय बजारमा ह्यारियर एसयूभी लन्च गरेको छ । कम्पनीले यसको शुरुवाती मूल्य १२ लाख ६९ हजार भारु तोकेको छ ।

टाटाले गत वर्षको अटो शोमा एच५एक्स कन्सेप्टको कारको रुपमा यो गाडिलाई पहिलो पटक सार्वजनिक गरेको थियो । त्यही कन्सेप्टको अधिकांश भागलाई नै मिलाएर ह्यारियर निर्माण गरिएको छ । अझ स्पष्ट भन्दा ल्यान्डरोभर डिस्कभरी स्पोर्टसको डिजाइन कन्सेप्टमा ह्यारियर एसयूभी निर्माण गरिएको छ ।

कारको डिजाइन आधुनिक छ भने बोनटको तल्लो साइडमा हेडलाइट राखिएको छ । फ्रन्ट ग्रिलमा राखिएको डे टाइम रनिङ लाइटले यसलाई निकै नै आकर्षक बनाएको छ। टाटा मोटर्सले यसमा फियाट क्राइसलरले निर्माण गरेको २.० लिटरको मल्टीजेट डिजल इन्जिनको प्रयोग गरेको छ।

यसमा रहेको क्र्याओटेक टर्बो चार्ज्डसहित चार सिलिण्डर युक्त इन्जिनले १४० बिएचपी पावर तथा ३५० एनएम टर्क उत्पादन गर्छ । यसमा ६–स्पिड गियरबक्स छ ।

यसमा ४ सय ५० लिटरको बुट स्पेस र ५० लिटरको इन्धन ट्यांकी उपलब्ध रहेको छ ।

हाल फोर ह्विल ड्राइभ र अटोमेटिक ट्रान्समिसन अप्सन उपलब्ध छैन । तर पनि आगामी दिनमा अपडेटको रुपमा उपलब्ध हुने अनुमान गरिएको छ ।

ह्यारियरमा ईएसपीमा आधारित टेरेन रेस्पोन्स मोड उपलब्ध छ, जसका कारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ ।

कारको क्याबिनमा ८.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ । यसमा हर्मन म्युजिक सर्पोट गर्छ भने नौवटा जेबीएल स्पिकरको प्रयोगले प्यासेन्जरहरुलाई उत्कृष्ट म्यूजिक सुनाउने छ । त्यसैगरी ८–वे एड्जस्टेबल ड्राइभर सिट, लेदर अपहोल्स्ट्री, क्लाइमेट कन्ट्रोल, ओआरभीएम आदि उपलब्ध छ ।

यो गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, मल्टी एङ्गल क्यामेरा डिस्प्लेलगायतको सुविधा छन् । सुरक्षाका लागि ह्यारियरमा इबीडीसहितको एबीएस तथा रियर पार्किङ्ग सेन्सर स्ट्याण्डर्डको रुपमा सबै भेरियन्टमा उपलब्ध रहेको छ ।

टाटा ह्यारियर विभिन्न चार भेरिएन्ट अप्सनमा उपलब्ध हुने छ।

easy care

प्रकाशित: ९ माघ २०७५, बुधबार

ताजा समाचार