दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

Technology Khabar ११ पुष २०७५, बुधबार

दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा दिएका छन् । उनले आजै सूचना तथा संचार प्रविधिमन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

मन्त्रालयका उच्च अधिकारीकाअनुसार झाले राजिनामा दिएका हुन् ।

यसअघि उनको नियुक्तिको बारेमा नेकपा पार्टिको बैठकमा नै विरोध भएको थियो ।

उनलाई वर्तमान केपी ओलीको सरकारले नै प्राधिकरणको अध्यक्ष पदमा नियुक्ती गरेको थियो ।

त्यसअघि उनलाई अहिलेको सरकारले नै पदमुक्त गराएको थियो भने उनी र प्राधिकरणको बारेमा छानबीन तथा सुझाव समिती गठन गरेको थियो । त्यसैगरि उनलाई कुनैपनि दिर्घकालिन काम गर्नका लागि रोक लगाएको थियो ।

उनलाई पद मुक्त गरेपछिसोको विरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । उनको पक्षमा अदालतले निर्णय गरेपनि पछि सो मुद्धा फिर्ता लिएका थिए । लगत्तै सरकारले उनलाई खुला प्रतिस्पर्धामार्फत प्राधिकरणमा पुन ल्याएको थियो ।

easy care

प्रकाशित: ११ पुष २०७५, बुधबार