ईकमर्शको विकास र उपयोग गर्न राष्ट्रिय रणनीति बनाईने, सरकारद्धारा समिति गठन

Technology Khabar ७ मंसिर २०७५, शुक्रबार

ईकमर्शको विकास र उपयोग गर्न राष्ट्रिय रणनीति बनाईने, सरकारद्धारा समिति गठन

काठमाडौं ।

काठमाडौं । नेपालमा ईकमर्शलाई बढावा दिनको लागि सरकारले राष्ट्रिय रणनीति बनाउने भएको छ । सरकारले हालै विद्युतिय व्यापारको विकास र उपयोगका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्न समिति गठन गर्न लागेको हो ।

सो समिति गठन गर्ने बारेमा कात्तिक २९ गते बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

सो समिति उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा हुनेछ । सो समितिमा बाणिज्य, अर्थ र संचार मन्त्रालयका सहसचिव सदस्य हुनेछन भने राष्ट्र बैंकका निर्देशक पनि समितिमा रहनेछन् ।

सो समितिले नेपालमा ईकमर्श र विद्युतीय व्यापारको लागि राष्ट्रिय रणनीति तयार पारेर सरकारलाई बुझाउनेछ ।

easy care

प्रकाशित: ७ मंसिर २०७५, शुक्रबार