ओकिनावा अटो–टेकद्धारा रेज्ड इलेक्ट्रीक स्कूटर सार्वजनिक

Technology Khabar २७ आश्विन २०७५, शनिबार

ओकिनावा अटो–टेकद्धारा रेज्ड इलेक्ट्रीक स्कूटर सार्वजनिक

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रीक टु–ह्वीलर निर्माता ओकिनावा अटो–टेकले रेज्ड इलेक्ट्रीक स्कूटर भारतीय बजारमा सार्वजनिक गरेको छ ।

यो स्कूटरमा ८ सयवाटको बीएलडीटी वाटरप्रुफ मोटर दिइएको छ । यो स्कूटरमा लिथियम आयान ब्याट्रीको प्रयोग गरिएको छ । एकपटकको फूल चार्जमा १ सय २० किलोमिटर चलाउन सकिने यो स्कुटर उकालो बाटोमा समेत उत्कृष्ट परफसमेन्स दिने स्कुटरमा पर्छ ।

रेज्ड–प्लस सार्वजनिक गर्दै ओकिनावाका म्यानेजिङ्ग डाइरेक्टर जितेन्द्र शर्माले रेज्ड र प्रेजप्रति ग्राहकले देखाएको सकारात्मक प्रतिक्रियाको प्रतिफल नै रेज्ड–प्लस स्कुटर आएको बताए ।

ओकिनावा रेज्ड–प्लसमा विशेष डिजाइन र स्टाइल दिइएको छ । यो स्कूटर लुसेज ओरेन्ज र मिड नाइट–ब्ल्यू कलर अप्सनमा उपलब्ध छ । प्रतिघन्टा ५५ किलोमिटरको गतिमा कुद्ने यो स्कुटरको लोडिङ्ग क्षमता १ सय ५० किलोग्राम रहेको छ ।

यसमा दिइएका अन्य फिचरमा इलेक्ट्रोनिक असिस्टेन्ट ब्रेकिङ्ग सिस्टम ९ई–बीएस०, एन्टी थेफ्ट अलार्म, किलेस इन्ट्री, सेन्ट्रल लकिङ्ग सिस्टम र ड्रम–बक्सको विशेषता दिइएको छ ।

यसको मूल्य ६४ हजार ९ सय ८८ भारतिय रुपैयाँ तोकिएको छ ।

easy care

प्रकाशित: २७ आश्विन २०७५, शनिबार

ताजा समाचार