फेसबुकका ५ करोड प्रयोगकर्ताहरुको एकाउन्ट जोखिममा, ह्याकरले एकाउन्टसम्म नै पहुँच पाए

Technology Khabar १३ आश्विन २०७५, शनिबार

फेसबुकका ५ करोड प्रयोगकर्ताहरुको एकाउन्ट जोखिममा, ह्याकरले एकाउन्टसम्म नै पहुँच पाए

काठमाडौं ।

काठमाडौं । फेसबुकले विश्वभर ५ करोड यूजर्सको एकाउन्ट जोखिममा रहेको जानकारी दिएको छ । विश्वको सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकले शुक्रबार ब्लग पोष्ट गर्दै ५ करोड यूजर्सको एकाउन्टमा बग भेटिएको हुँदा जोखिममा परेको बताएको हो ।

कम्पनीकाअनुसार सेक्योरिटी जोखिममा रहेको हुँदा ह्याकरहरुले उनीहरुको फेसबुक एकाउन्टको दूरुपयोग गर्न सक्ने संभावना रहेको देखिएको छ ।

कम्पनीले यहि साता बग भेटाएको र त्यो बग साइटको ‘भ्यू एस’ View As भन्ने फीचरको एउटा भागको रुपमा रहेको छ । जसले यूजरको प्रोफाइल अरु कसैलाई देखाईरहेको थियो । फेसबुकले हाल भ्यू एस फीचरलाई बन्द गरेको छ र हाल बगको थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

बगले ह्याकरहरुलाई एकाउन्ट ‘एक्सेस टोकन’ हरुमा पहुँच दिईरहेको थियो, जसले जतिबेला यूजर्सले उनीहरुको यूजर नेम र पासवर्ड गर्दथे यूजर्सलाई लग्ड इन गरिरहन सहयोग गर्दथ्यो । चोरीएका टोकनहरुले ह्याकरहरुलाई एकाउन्टभित्र गतिबिधि गर्न अनुमति प्रदान गर्दछ ।

फेसबुकले प्रभावित भएका सबै प्रयोगकर्ताहरुको एक्सेस टोकनहरुलाई रिसेट गरिसकेको छ भने अतिरिक्त ४ करोड एकाउन्टहरुलाई त्यसबाट मुक्त गरिसकेको जनाएको छ । त्यसको अर्थ करिब ९ करोड प्रयोगकर्ताहरु आफ्नो एकाउन्टबाट लग्ड आउट भएका थिए ।

यूजर्सलाई उनीहरुले पुन फेसबुकमा लग ब्याक भएको बेलामा जानकारी दिईने फेसबुकले बताएको छ ।

फेसबुकका प्रडक्ट म्यानेजमेन्टका उपाध्यक्ष गाई रोजेनले भने, ‘हामी अझै ती दूरुपयोग भएका एकाउन्टहरु पत्ता लगाउँदै छौं । यो आक्रमणको पछाडि को छ र कहाँ तिनीहरुको आधार छ भन्ने हामीले अझै थाहा पाएका छैनौं ।’

यो विषयमा थप अध्ययन गर्न फेसबुकले कानूनी कारबाहिको लागि अधिकारीहरुसँग सम्पर्क समेत गरेको ब्लग पोष्टमा भनिएको छ ।

सामाजिक संजाल फेसबुकमा २.२ बिलियन मासिक एक्टिभ यूजर्स रहेका छन् । यसअघि पनि फेसबुक डेटा चोरीको आरोपमा फस्दै आएको छ ।

के हो एक्सेस टोकन ?

एक्सेस टोकन डिजीटल की जस्तै हुन्छ, जसको माध्यमबाट यूजरले आफ्नो फेसबुक एकाउन्टमा लग इन गर्दछ । साथै हरेक पटक एप प्रयोग गरेको बेलामा पासवर्ड हाल्नु पर्दैन् । बुझ्ने भाषामा भन्दा तपाईले हरेक पटक मोबाइल वा कम्प्यूटरमा फेसबुक खोल्दा पासवर्ड नहाले पनि तपाईँको फोटो वा यूजर नेम वा मोबाइल नम्बरले नै एप खोल्न सकिन्छ ।

easy care

प्रकाशित: १३ आश्विन २०७५, शनिबार

ताजा समाचार