सिटी एक्सप्रेस मनी ट्रान्सफरको “लखपति एक्स्प्रेस” उपहार योजना सार्वजनिक

Technology Khabar ३१ भाद्र २०७५, आईतवार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको “लखपति एक्स्प्रेस” उपहार योजना सार्वजनिक

काठमाडौं ।

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले दशैँ, तिहार र छठका लागि “लखपति एक्स्प्रेस” उपहार योजना सार्वजनिक गरेको छ । ९० दिनसम्म चल्ने योजनाअन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक २०० रुपैयाँको मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् ।

त्यसैगरी, साप्ताहिक रुपमा तीन जना विजेताले १०,००० रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एक लाख रुपैयाँ उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस १२ वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुनसक्नेछन् ।

सो योजना असोज १ गतेदेखि मंसिर २९ गते सम्म लागू हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३१ भाद्र २०७५, आईतवार